स्कटल्यान्डलाई क्लिनस्विप गरेपछि के भने राष्ट्रिय टिमका मुख्य प्रशिक्षक देसाई?

स्कटल्यान्डलाई क्लिनस्विप गरेपछि के भने राष्ट्रिय टिमका मुख्य प्रशिक्षक देसाई?

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक माेन्टी देसाईले खेलाडीलाई दिएकाे जिम्मेवारी सही तरिकाले प्रयाेग गर्दा सफलता मिलेकाे बताएका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला नेपालले क्लिन स्वीप गरेपछि पत्रकार सम्मेलनमा बाेल्दै प्रशिक्षक देसाईले यस्ताे बताएका हुन् । घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा यादगार शृङ्खला बनाउँदा आफू पनि खुसी भएकाे उनले प्रतिक्रिया दिए ।

प्रशिक्षकको रूपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरूको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा आफू खुसी भएकाे देसाईले बताए । नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको उनले थपे ।

नयाँ प्रशिक्षक नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले यस शृङ्खलाबाट सुधारको सङ्केत दिएको छ । यही शृङ्खलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ ।

Europass CV in Nepal

अभ्यस्त पिचका कारण सफलता पायौं : कप्तान पौडेल

स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला जितेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको प्रतिक्रिया दिएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जितपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको प्रतिक्रिया दिएका हुन् ।

नेपाललाई रोमाञ्चक जित दिलाएका रोहितले जितपछि आफूलाई निकै राहत मिलेको जनाए । जितपछि पत्रकार सम्मेलनमा कप्तान रोहितले यूएईमा हुन लागेको अर्को शृंखलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको जनाए । दुबईमा हुने शृंखलाका लागि खेलाडीको विषयमा छलफल भइरहेको समेत उनले जानकारी दिए ।

नयाँ प्रशिक्षकको नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले सम्पन्न शृंखलाबाट सुधारको संकेत दिएको छ । यसै शृंखलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्यांकमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ ।

शृंखलाको अन्तिम खेलमा सफलता निकालेपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सही तरिकाले प्रयोग गर्दा सफलता मिलेको प्रतिक्रिया दिए ।

दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार शृंखला बनाउँदा आफू पनि खुसी भएको उनको भनाइ छ । प्रशिक्षकका रुपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरुको खुबी निखार्ने प्रयास गर्दा मिलेको सफलतामा सन्तुष्ट बनेको देशाईले जनाए । उनले नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको धारणा राखे ।

मंगलबार सम्पन्न शृंखलाको अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग २ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो ।

अब नेपाल लिग २ शृंखलाअन्तर्गतको खेलका लागि नेपाल यूएई भ्रमण गर्ने तालिका छ । भ्रमणमा नेपालले यूएई र पपुवा न्युगिनीसँग शृंखला खेल्ने तालिका छ । लिग २ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जिते नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।