मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा प्रवेश

Himali Patrika 1 मिनेट पढाइ

१८ फागुन, काठमाडौं । दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।यूएईको घरेलु मैदानमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ४८.५ ओभरमा अलआउट हु‍ँदै १९१ रन जोड्यो।

जबाफी ब्याटिङमा आएको यूएईलाई ४८ ओभरमा १८४ रनमा नेपालले सीमित पारिदियो।उपाधि जितेसँगै नेपालको विश्वकप पुग्ने आठ वर्षको पर्खाइ पूरा भएको छ।अन्तिम समयमा दीपेश कँडेलले नाटकीय रूपमा ह्याट्रीक गर्दै तीन विकेट लिएपछि जित सम्भव भएको हो।त्यसको केही बेरअघिसम्म नेपाल उक्त खेलमा हारको सँघारमा थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।