नेपाली टिमसमू टिक्न सकेन पीएनजी, ९५ रनमै अलआउट, सन्दीप एक्लैले लिए ५ विकेट

नेपाली टिमसमू टिक्न सकेन पीएनजी, ९५ रनमै अलआउट, सन्दीप एक्लैले लिए ५ विकेट

२९ फागुन, काठमाडौं । नेपाली टिम घरेलु मैदानमा चकिएपछि पपुवा न्युगिनी ९१ रन मात्र बनाएर अलआउट भएको छ। आज भएको खेलमा सन्दीप लामिछाने एक्लैले  ५ विकेट लिए।

आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको हो  ।स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर रन ९५ बनाएको हो ।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका थिए ।अर्को ओपनर हिरी हिरीलाई सोमपाल कामीले छैटौं ओभरमा करण केसीबाट क्याचआउट गराएपछि पीएनजी १७-२ को स्थितीमा पुग्यो ।

कप्तान भाला र सेसे बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर २०औं ओभरमा सन्दीप लामिछानेले भालाई ललित राजवंशीबाट क्याचआउट गराउदै ३२ रनको साझेदारी तोडे ।

त्यसपछि ललितले रिले हेकुरेलाई कट एन्ड बोल्ड गरे । त्यसपछि पीएनजीले लगातार विकेट गुमायो ।सन्दीपले चार्ल्स अमिनीलाई फेरि ललितबाट क्याचआउट गराए ।नर्मन भानुअलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याचआउट गराए । भानुअले खातासमेत खोलेनन् । सन्दीपले हिला भारेलाई ७ रनमै बोल्ड गरे ।

त्यसपछि कुशलले बकुअ मोरेअलाई भिम शार्कीबाट क्याचआउट गराए ।पीएनजीलाई अलआउट गर्न नेपालका लागि सन्दीप लामिछाने १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।