गुल्सन झाको त्यो २० रन जसले नेपाललाई जित्न सजिलो बनायो

गुल्सन झाको त्यो २० रन जसले नेपाललाई जित्न सजिलो बनायो

आइसिसी विश्वकप लिग-२ अन्तर्गत बिहीबार कीर्तिपुर मैदानमा युएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य पछ्याउने क्रममा ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २३५ रन जोडेको थियो।

ब्याटिङमा गुल्सन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रनमा बनाएर खेलिरहेका थिए। हजारौं दर्शक ओइरिएको त्रिवि मैदानमा त्यतिबेला बादल लागेका कारण धुम्म भएको अवस्था थियो।

विश्वकप छनोटमा पुग्न जित्नै पर्ने खेलमा नेपाल डिएल मेथडमा पनि पछि परेको थियो। त्यसैले नेपालका लगि जतिसक्दो छिटो रन बनाउनु पर्ने अवस्था थियो। त्यतिबेला युएईका कप्तान मोहमद वासिम बलिङमा आए। आफ्नो ओभरमा बलिङ गरेका वासिमविरूद्ध गुल्सनले पहिलो ओभरमा रन लिएनन्। दोस्रो ओभरमा दुई लिएका गुल्सन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भए।

Europass CV in Nepal

उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो, पाँचौ र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो। २० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डिएल मेथडमा अघि रहेको थियो। तर युएईका लागि महँगो सावित भएको युएईलाई त्यही ओभरमा महँगो सावित भयो। किनभने दुई ओभरपछि खेल प्रकाशका कारण रोकियो।

४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो। त्यतिबेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके। जसको फाइदा नेपाललाई भयो। खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो।

Europass CV in Nepal