जब गुलशनले युएईका कप्तान मोहम्मल असिमलाई नै गलाइदिए

जब गुलशनले युएईका कप्तान मोहम्मल असिमलाई नै गलाइदिए

आइसिसी विश्वकप लिग–२ अन्तर्गत बिहीबार कीर्तिपुर मैदानमा युएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य पछ्याउने क्रममा डिएल मेथडमार्फत नेपालले ९ रनको जित निकाल्यो। ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २३५ रन जोडेको नेपाल जित्नै पर्ने वाध्यतामा थियो।

ब्याटिङमा गुल्सन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर खेलिरहेका थिए। बादल लागेका कारण मैदान धुम्म भएको थियो। डिएल मेथडमा पनि पछि परेको नेपालका लगि जतिसक्दो छिटो रन बनाउनु पर्ने अवस्था थियो। त्यतिबेला युएईका कप्तान मोहमद वासिम बलिङमा आए। आफ्नो ओभरमा बलिङ गरेका वासिमविरूद्ध गुल्सनले पहिलो ओभरमा रन लिएनन्। दोस्रो ओभरमा दुई लिएका गुल्सन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भए।

उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो, पाँचौ र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो। २० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डिएल मेथडमा अघि रहेको थियो। तर युएईका लागि त्यही ओभर महँगो सावित भयो। दुई ओभरपछि खेल प्रकाशका कारण रोकियो।

Europass CV in Nepal

४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो। त्यतिबेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके। जसको फाइदा नेपाललाई भयो। खेल नेपालल ९ रनले जित्यो।

विशाल लक्ष्य पछ्याएको नेपालले सुरुका दुई ओभरमै दुई विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो। १ रन बनाउँदा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले ६ रन बनाउँदा कुशल मल्ल आउट भए।

दबाबकाबीच आएको कप्तान रोहित पौडेलले पनि नेपालको इनिङ सम्हाल्न सकेनन्। नेपालको ३७ रन हुँदा रोहित पनि १६ रनमै क्याचआउट भए। त्यसपछि कुशल भुर्तेल र भीम सार्कीले इनिङ सम्हाले। ३५ बलमा ५० रन बनाएर कुशल पनि आउट भए।

तर नेपालले त्यसपछि पनि लय छाडेन। जितको आशा जीवित नै राख्यो। कुशल बाहेक सुरुका ब्याटर लगातार आउट हुँदा पछिल्लो क्रमका ब्याटरले नेपालको इनिङ सम्हाले। भीमले ९ चौकाको मद्दतमा ६७ रन बनाउँदा आरिफले पनि उनलाई साथ दिए। आरिफले पनि गुल्सनसँग सम्हालिएको प्रदर्शन गर्दै अर्धसतक पूरा गरे।

६२ बलमा ५२ रन बनाएर उनी पनि आउट भए। त्यसपछि नेपालको इनिङ धान्ने जिम्मा गुल्सन झामा पुग्यो। उनलाई साथ दिइरहेका आरिफ गएपछि दीपेन्द्र सिंह ऐरी क्रिजमा आए। आरिफ ४० औं ओभरको पहिलो बलमै क्याचआउट भएका थिए। जतिबेला मौसम पनि खराब हुँदै गएको थियो। त्रिवि क्रिकेट मैदान अँध्यारो बन्दै जाँदा खेल डीएल मेथोडबाट निर्णायक हुने अवस्था तर्फ धकेलिँदै थियो।

नेपालका लगातार ब्याटरले अर्धशतक पूरा गर्न थालेपछि युएईका बलर पनि दबाबमा आउँदै गए। ४० ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा नेपालले २२९ रन मात्रै बनाएको थियो। नेपालको त्यतिबेला रनरेट ५.७२ थियो। अब नेपाललाई हरेक ओभरमा ८.२० को रेटमा रन आवश्यक थियो।

तर ४१ औं ओभरमा पनि नेपालले आवश्यकता अनुसार रन बटुल्न सकेन। गुल्सन र दीपेन्द्रले त्यो ओभरमा मात्रै ६ रन जोडे। डीएल मेथोड अनुसार नेपालका लागि ४१ औं ओभरमा २४४ रनको लक्ष्य हुन्थ्यो। तर नेपालले बनाएको थियो मात्रै २३५ रन। यो अभरमै खेलको निर्णय गरिएको भए नेपाल ९ रनले पराजित हुने अवस्थामा थियो।

रन नजाँदा युएई पनि दबाबमा थियो। ४२ औं ओभर बलिङ गर्न युएईका कप्तान मोहम्मल असिम आफैं आए। उनको यो पहिलो ओभर थियो। यही ओभर नेपालको जितमा निर्णायक बन्यो।

Europass CV in Nepal