मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

प्रशिक्षक देसाइले दिए नेपाली फ्यानलाई यस्तो सन्देश

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइ नेपाली टिम सम्हाले लगतै जादुमयी ढंगले नेपालको सुधार देखिन थालेको छ। उनले टिम सम्हाले यता १२ वटा खेल मध्ये ११ वटामा नेपालले जित निकाल्न सफल भएको छ।

आज युएइविरुद्ध भएको खेलमा नेपालले विजयी हाँसिल गरेपछि कोच देसाइले  नेपाली फ्यानका लागि सन्देश दिएका छन्। युएईविरुद्ध ९ रनको जित निकालेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले फ्यानका लागि लेखेर ल्याएको सन्देश पढेर सुनाएका हुन्।

देसाइले आफ्नो करिअरमा असोसियट क्रिकेटमा यति धेरै फ्यान आएको कहिल्यै नदेखेको बताए।‘मैले असोसियट क्रिकेटमा धेरै फ्यानहरु आएको कहिल्यै पनि देखेको थिइनँ,’ लेखेर ल्याएको पाना खोल्दै देसाइले भने, ‘यति ठूलो संख्यामा आएकोमा सबैलाई धेरै–धेरै धन्यवाद।’

यस्तै उनले नेपाली टिम अघि बढ्दै गरेको र सिक्दै गरेको अवस्थामा कुनै बेला आफूले चाहेको जस्तो नतिजा आउन नसक्ने भन्दै त्यस्तो अवस्थामा पनि समर्थन गरिरहन आग्रह गरे।

‘यो टिम अघि बढ्दैछ अनि सिक्दैछ। कुनैदिन हामीले चाहेकोजस्तो नतिजा नआउन सक्छ। तर पनि सधैँ सपोर्ट गरिरहनुहोला,’ उनले अगाडि थपे, ‘खेलाडीलाई सपोर्ट गर्नुहोला किनकी उनीहरू एकदमै धेरै मिहिनेत गरिरहेका छन्। मैले आफ्नै आँखाले देखेको छु। उनीहरू सिक्न एकदमै चाहन्छन् र छिट्टै सिक्छन् पनि। उनीहरू अघि बढ्दैछन्।’ देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ एकदिवसीय खेलमा ११ वटामा जित हात पारेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।