गुल्शन झा र आरिफ शेखलाई मधेश प्रदेशले दुई-दुई लाख रूपैयाँ दिने

गुल्शन झा र आरिफ शेखलाई मधेश प्रदेशले दुई-दुई लाख रूपैयाँ दिने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आईसीसी विश्वकप छनोट प्रतियोगितामा युएईमाथि शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । उनले असाधारण प्रदर्शन र कडा मेहनतका लागि प्रशिक्षक, खेलाडी र सम्पूर्ण नेपाली टोलीको प्रशंसा गरे।

“हामीलाई हाम्रा खेलाडीहरूप्रति गर्व छ, उनीहरु हाम्रो राष्ट्रका गहन हुन्,” मुख्यमन्त्री यादवले भने । उनले मधेस प्रदेशका दुई खेलाडी गुलसन झा र आरिफ शेखको प्रदर्शनको पनि प्रशंसा गर्दै भने, ‘देश र प्रदेशको इज्जत बढाएकोमा हामी निकै खुसी छौं ।

साथै मुख्यमन्त्री यादवले कुशल भुर्तेल र भीम कार्कीको असाधारण प्रदर्शनको प्रशंसा गरेका छन् । उनले उत्कृष्ट प्रदर्शन गरेबापत खेलाडी झा र शेखलाई मधेस प्रदेश सरकारले दुई लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने घोषणा पनि गरे ।

Europass CV in Nepal

मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले यसबारे सञ्चारकर्मीलाई जानकारी दिए । २०२३ चैत १६ गते बिहीबार जनकपुरस्थित मधेश प्रदेश सचिवालयमा उक्त घोषणा गरिएको हो । मुख्यमन्त्री ज्ञवालीले नेपाली क्रिकेट टोलीलाई फेरि पनि बधाई दिँदै आगामी दिनमा निरन्तर सफलताको कामना गरेका छन् ।

नेपालले सानदार जित हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै मधेस प्रदेसका दुबै खेलाडीलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् । विश्वकप छनौट प्रतियोगितामा बिहीबार यूएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका छन् ।

मधेस प्रदेशका खेलाडी गुल्शन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गर्दै मुख्यमन्त्री यादवले भने, ‘तपाईंहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ ।’ कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे ।

मधेस प्रदेश सरकारले यस प्रदेशका खेलाडी गुल्शन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताए । मुख्यमन्त्री यादवले मधेस प्रदेशका अर्का खेलाडी आरिफ सेखसमेतले आफ्नो खेलद्वारा मधेसको मान बढाएकोमा प्रशन्नता व्यक्त गरे ।

मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र सेखलाई प्रोत्साहनस्वरुप मधेस प्रदेश सरकारको तर्फबाट जनही २/२ लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले बताए ।

Europass CV in Nepal