आईसीसीले युएईलाई कारवाही गर्नसक्ने, ढिलो खेल्ने ‘डर्टी ट्रिक’ नेपाललाई नै फाइदा पुगेपछि

आईसीसीले युएईलाई कारवाही गर्नसक्ने, ढिलो खेल्ने ‘डर्टी ट्रिक’ नेपाललाई नै फाइदा पुगेपछि

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ ।‘ब्याक लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

तर डीएल मेथडको निर्णयमा असमति जनाउँदै यूएईले प्रोटेस्ट गरिरहेको थियो । यूएईका कोच रविन सिंहले अम्पायरहरुसँग खेललाई निरन्तरता दिन माग गरेका थिए ।तर न्यून प्रकाशका कारण खेलाउन सम्भव नभएपछि अम्पायरले डीएल मेथडबाट निर्णय लिएका हुन् । यसअघि यूएई अगाडि रहँदा उनीहरुका खेलाडीले समय बिताउन आलटाल गरेको ब्याकफायर भएको थियो ।

Europass CV in Nepal

निर्धारित ओभर भन्दा ढिला बलिङ गरेका कारण युएई आइसिसीको फन्दामा पर्ने देखिन्छ।आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका थिए । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए ।

ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । यो सँगै नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित हात पारेको छ ।

 

Europass CV in Nepal