मुख्य सामग्रीमा जानुहोस्
Friday, 2 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

लगातार विकेटविहीन सन्दीप लामिछाने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं। जिम्बाबेमा जारी एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा नेपालका सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन भएका छन्। मंगलबार अमेरिकाविरुद्ध भइरहेको खेलमा पनि सन्दीपले विकेट लिन सकेनन्।

उनले १० ओभरमा ५८ रन दिए भने विकेट लिन सकेनन्। विपक्षी ब्याट्सम्यानले सन्दीपविरुद्ध एक छक्का र ६ चौका प्रहार गरेका थिए। सन्दीपले २८ बलमा रन दिएनन्। यसअघि पहिलो खेलमा जिम्बाबेविरुद्ध पनि सन्दीपले विकेट हात पार्न सकेका थिएनन्।

जिम्बाबेले २ सय ९१ रनको लक्ष्य ३५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको खेलमा सन्दीपले ७७ रन खर्चिएका थिए। त्यस खेलमा सन्दीपविरुद्ध घरेलु ब्याट्सम्यानले एक छक्का र ९ चौका प्रहार गरेका थिए। सन्दीपले त्यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पछिल्ला लगातार ३३ खेलमा विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

करिब दुई महिनाअघि मात्र सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका थिए। उनको नाममा ४२ खेलमा एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनेको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।