मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

संचालक जीतु नेपालले गरे ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि सदाका लागि बन्द भएको घोषणा

Himali Patrika 1 मिनेट पढाइ

हास्यकलाकार जीतु नेपालले संचालन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि सदाका लागि बन्द हुने भएको छ । संचालक जीतु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै शो बन्द गर्ने घोषणा गरे ।
प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने गरेको शोको अन्तिम भाग आज प्रसारण हुनेछ ।

‘हामीले ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्काे कुनै कार्यक्रममा भेट हुनेछ,’ नेपालले भने, ‘कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौं ।’ ‘अहिलेका रियालिटी शो भनिएका कार्यक्रम २६–२७ भागमा सकिने गरेको छ । हामीले धेरै दुःखले अहिलेसम्म तान्यौँ, ’ जीतुले थपे, ‘दुःख धेरै थियो । म बन्द गर्न चाहन्थे, टिम वर्कमा पनि गडबडी भयो । बन्द गर्ने बहाना पनि मिल्यो ।’

कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रमबाट ‘फुलन्देकी आमा’ को भूमिका निर्वाह गर्दै आएका उमेश राई केहीअघि नै बाहिरिइसकेका छन् । तर, जितुले एक कलाकारले छाडेको कारण कार्यक्रम बन्द गर्ने अवस्थामा आफू नपुगेको जीतुले बताए । ‘उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्काे लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो’ नेपालले भने, ‘मेरो गुनासो निर्माण एजेन्सीसँग हो । एजेन्सीले मसँग सल्लाह नगरी मेरो कार्यक्रमको कलाकार निकालेर अर्काे टेलिभिजनमा कार्यक्रम बनायो ।’ करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई पनि दुःख लागेको उनले बताए ।

यस्तै शोमा अध्यक्षको भूमिकामा देखिँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले पनि शो बन्द हुने अवस्थाले आफू दुखी भएको बताइन् । ‘शोले मलाई चलचित्रले चिनाउन नसकेको दर्शकसम्म पनि पुर्याएको थियो’ मानन्धरले भनिन् ‘जीतुले यो शो बन्द गरेपनि अर्काे जुनै काममा सम्झिए पनि मेरो साथ रहनेछ ।’ जीतुले अब गर्ने कार्यक्रममा आफ्नो सबै प्रकारको सहयोग रहने करिश्माले बताइन् । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’ लगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।