युएईविरुद्धको खेल आज नेपालले जिते विश्वकप खेल्न पाउने

युएईविरुद्धको खेल आज नेपालले जिते विश्वकप खेल्न पाउने

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट चरणको सेमिफाइनल खेलमा नेपालले युएईको सामना गर्ने भएको छ। खेल आज अपरान्ह ३ः४५ बजे देखि ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा हुनेछ।

नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यस्तै समूह बी को उपवेजता बन्दै ओमान पनि सेमिफाइनल प्रवेश गरेको छ। त्यस्तै समूह ए को विजेता बनेर आयरल्यान्ड पनि सेमिफाइन प्रवेश गरेको छ भने उपविजेता बन्दै युएई पनि सेमिफाइनल प्रवेश गरेका हुन्।

आजको खेलमा नेपालले युएईलाई पराजित गर्न सके नेपाल ८ वर्षपछि दोश्रो पटक टी-२० विश्वकप खेल्नेछ। यस्तै आज नै अर्को सेमिफाइनल खेल ओमान र आयरल्यान्डबीच हुँदैछ। सो खेलको विजेता टीमले पनि विश्वकपको यात्रा तय गर्नेछ। ओमान समूह बी को उपविजेता हो भने आयरल्यान्ड समूह एको विजेता हो।

Europass CV in Nepal

आज हुने नेपाल र युएई तथा ओमान र आयरल्यान्डबीचको खेल निकै चासोका साथ हेरिएको छ भने खेलाडीहरु पनि जित्नैपर्ने दबाबमा रहेका छन्। यी खेलमध्ये विजयी हुने टोली फाइनल पुग्नुका साथै अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–२० विश्वकपको लागि छनोट हुनेछन्।

हिजो भएको खेल जितिसकेपछि नेपालका कप्तान सन्दीप लामिछानेले भने ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ। त्यसरी नै आज पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ उनले थपे ‘सम्पूर्णलाई धन्यवाद, किनभने हामीलाई विश्वास गर्दिनु भएकोमा। हाम्रो लागि आज एउटा महत्वपूर्ण खेल छ।’ नेपाल समूह चरणका सबैखेल जित्ने एकमात्र सफल टोली हो भने रनरेटका आधारमा पनि समूह ए र बी का अन्य टोली भन्दा माथि रहेको छ।