मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

यू–१९ विश्वकप छनोट : नेपाल ८ रनमै अलआउट

Himali Patrika 1 मिनेट पढाइ

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ । मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनायो ।

नेपालका लागि स्नेहा महराले ३ रन बनाइन, त्यस्तै मनिषा रानाले २ नर बनाउँदा किरण कुँवर, अञ्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् । बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पार्दा समिका धनकान्दाले एक विकेट लिइन् ।

नेपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ । नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।

यस्तै नेपालले भुटान विरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसिया विरुद्ध खेल्नेछ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।