मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

डिस्चार्ज भए कुवेतविरुद्धकाे खेलमा मैदानमै ढलेका प्रशिक्षक अल्मुताइरी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।

प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’

उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् ।

दाेस्राे हाफकाे सुरु भएलगत्तै अल्मुताइरी नेपालकाे टेक्निकल एरियामा बेहाेस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाइ स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेकाे दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएकाे थियाे । अस्पताल लैजाँदै गर्दा उनकाे मुखमा अक्सिजन मास्क लगाइएकाे थियाे ।

नेपालले कुवेतसँग पहिलाे हाफमा १ गाेल खाएकाे थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलाे हाफमा रेफ्री र फाेर्थ अफिसियलसँगकाे विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेलाे कार्डसमेत देखाइएकाे थियाे ।

पहिलाे खेलमा जाेर्डनसँग २-० ले हारेकाे नेपालले कुवेतसँगकाे याे खेल ४-१ गाेलअन्तरले गुमाएकाे छ । लगातार दुई हारसँगै नेपालकाे एसियन कप छनोट सम्भावना समाप्त भएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।