नेपाली बलरको उत्कृष्ट बलिङ : महिला क्रिकेटमा कतारमाथि नेपालको ११९ रनले फराकिलो जित

नेपाली बलरको उत्कृष्ट बलिङ : महिला क्रिकेटमा कतारमाथि नेपालको ११९ रनले फराकिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो टी-२० खेलमा कतारलाई ११९ रनले पराजित गरेको छ । नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि १४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३, कविता कुँवर र सीता राना मगरले २.२ र करुणा भण्डारीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु बर्माको ५५ रनको मद्दतमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा इन्दुले नेपालको लागि सर्वाधिक ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् ।

इन्दुको अर्धशतक नेपालले महिला टी(२० अन्तर्राष्ट्रियमा प्रहार गरेको पहिलो अर्धशतक हो । तेस्रो नम्बरमा ब्याटिङ गरेकी इन्दुले ४५ बल खेल्दै ४ चौकाको मद्दतमा ५० रन बनाएकी थिइन् ।

Europass CV in Nepal

उनले कुल ४७ रन खेल्दै ५ चौकाको मद्दतमा ५५ रन बनाएर खेलिरहेकी उनी रिटायर्ट हर्ट भएकी छिन् । यस्तै ओपनर सीता राना मगरले ३३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन जोडिन् । ओपनर काजल श्रेष्ठ ३ रनमै आउट भए पनि इन्दु र सीता राना मगरले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । जुन नेपालको लागि कीर्तिमानी साझेदारी गरे ।

यसअघि सीता र इन्दुले २०१९ मा इन्डोनेसियाविरुद्ध दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । नेपालका लागि सरिता मगरले २१ बलमा २१ रन जोडिन् । कप्तान रुबिना क्षेत्री खाता नखोली रनआउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । कविता जोशी र संगीता राईले यसै खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । अनलाइनखबरबाट 

Europass CV in Nepal