मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लैंगिक जाँचको माग!

Himali Patrika 1 मिनेट पढाइ

इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको भन्दै ती खेलाडीको लैंगिक जाँच गर्न माग गरिएको छ।इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लैंगिक जाँचको माग गरेको हो।

उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन्।

जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टिममा पुरूष गोलकिपर खेलाएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) सँग उनको लैंगिक अवस्था पुष्टि गर्न माग गरेका हुन्।

 

जोर्डनले यस्तो माग गरेपछि एसियाली फुटबल महासंघका एक प्रवक्ताले यस विषयमा जाँच चलिरहेको बताएका छन्। फिफाका पूर्व उपाध्यक्षसमेत रहेका प्रिन्स अलीले यदि जोर्डनको आरोप सत्य भए निकै गम्भीर मुद्दा भएको प्रतिक्रिया दिएका छन्।

यसैबीच इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेपछि बिभिन्न बहाना खोजिरहेको आरोप लगाएका छन्। यसअघि पनि २००८ र २०१० मा जोहरेहले एसिया कप छनोटमा आफ्नो देशको प्रतिनिधित्व गरेको भन्दै उनले हरेक पटक मेडिकल जाँच हुने र एसियाली फुटबल महासंघलाई सबै दस्तावेज उपलब्ध गराइएको दाबी गरे।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।