एएफसी यू-२० एसियन कप छनोटमा नेपाल बंगलादेशसँग ३-० ले पराजित

एएफसी यू-२० एसियन कप छनोटमा नेपाल बंगलादेशसँग ३-० ले पराजित

३ असोज, काठमाडौं । बहराइनमा भएको एएफसी यू-२० एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । पाँच टोली सहभागि समूह बी बाट छनोट हुने लक्ष्यहसित बहराइन पुगेपनि नेपालको पक्षमा केही पनि रहेन ।

नेपालले खेलेको चारै खेलमा पराजित हुँदै अंन नजोडी पूछारमा रह्यो । आइतबार राति भएको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३-० ले पराजित भयो । नेपाल यसअघि भुटानसँग २-० ले, कतारसँग ३-१ ले र बहराइनसँग ६-० ले पराजित भएको थियो ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनीले छैटौं, एमडी पियास नोभाले दशौँ र साजेद हसन निजुमले ५२औं मिनेटमा गोल गरे ।

Europass CV in Nepal

नेपालको लागि नतिजा मात्र होइन अनुशासनको हिसावले पनि यो खेल खराब बन्यो । नेपालका दुई खेलाडी रातो कार्ड पाउ मैदान बाहिरिए । खेलमा नेपालले ९ र बंगलादेशले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए । नियमित कप्तान आयुष घलानलाई पहिलो रोजाइँबाट बाहिर राख्दै प्रशिक्षक मेघराज केसीले दिपेश गुरुङलाई कप्तान बनाएका थिए ।

खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

खेलको ३५औं मिनेटमा बंगलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि कप्तान घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएका थिए ।

अजिजुलले पनि दोहोरो पहेंलो कार्ड पाउँदै मैदान बाहिरिछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । समूह बी मा नेपालले एक खेल जित्न नसक्दा १४ गोल खायो । नेपालको पक्षमा रहेको एक गोल पनि आत्मघाती गोल उपहार पाएको थियो ।

दोस्रो जितसहित चार खेलबाट ७ अंक जोडेको बंगलादेश तेस्रो भयो । समह्यूको चारै खेल जित्दै कतार १२ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यू-२० एसियन कपका लागि छनोट भयो । कतारसाग अन्तिम खेलमा २-० ले पारजित भएको बहराइन भने उपविजेता बन्यो । बहराइन उपविजेता बनेपछि छनोट हुन भने सकेन ।

Europass CV in Nepal