मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

भावुक हुँदै मुस्तफाले भने, ‘म कहिल्यै पनि मेरा छोराछोरीलाई क्रिकेटर बन्न दिन्न’

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी – युएईका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान रोहन मुस्तफाले आफ्नो छोराछोरीलाई क्रिकेटर बन्न नदिने बताएका छन् । तीन सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकपमा युएईको टोलीमा नपरेपछि मुस्तफाले आफू जस्तै मन टुटेको देख्न नसक्ने हुँदा छोराछोरीलाई क्रिकेटमा जे भएपनि कहिल्यै पनि क्रिकेटर लाग्न नदिने बताएका छन् ।

‘जे सुकै होस्, म कहिल्यै पनि मेरा छोराछोरीलाई क्रिकेटर बन्न दिन्न । किनभने म उनीहरु म जस्तै मन टुटेको देख्न सक्दिन’, मुस्तफाले भावुक हुँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

मुस्तफा युएईबाट सर्वाधिक टि२० आई र आडिआई खेल खेल्ने खेलाडी हुन् । मुस्तफा युएईबाट ५५ टि२० आई खेलमा ६१ विकेटका साथ सिर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा छन् । अन्य बलरले ५० पनि पुर्याउन सकेका छैनन् । मुस्तफा युएईबाट टि२० आईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

उनले ४ अर्धशतकसहित कुल ९ सय ८४ रनका साथ शीर्ष स्थानमा छन् । ५४ ओडिआई खेलमा मुस्तफा ५६ विकेटका साथ सर्वाधिक विकेट लिने सूचिमा तेस्रो स्थानमा छन् । ओडिआईमा मुस्तफाले १ शतक र ५ अर्धशतकसहित कुल १ हजार १ सय ७ रनका साथ दोस्रो स्थानमा छन् । तर मुस्तफानै टोलीमा छैनन् ।

युएईले वेस्टइन्डिजसँग १० अक्टोबर र १३ अक्टोबरमा स्कटल्यान्डसँग खेल्नेछ । यूएई विश्वकपमा पहिलो चरणको समूह ए मा छ । समूह ए मा श्रीलंका, युएई, नामिबिया र नेदरल्यान्ड्स छन् । शीर्ष दुईमा रहन सके युएई सुपर १२ मा स्थान बनाउनेछ । युएईले विश्वकपमा पहिलो खेल १६ अक्टोबरमा नेदरल्यान्ड्ससँग खेल्नेछ । १८ अक्टोबरमा श्रीलंका र २० अक्टोबरमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

सिपी रिजवान (कप्तान), वृत्त अरविन्द (उप(कप्तान विकेटकिपर), चिराग सुरी, मोहम्मद वासिम, बासिल हामिद, अर्यान लर्कान, जवार फरिद, काशिफ दाउद, कार्तिक मियाप्पन, अहमद राजा, जहुरु खान, जुनैद सिद्दिक, सबिर अली, अलिशान शरिफुल र अयान खान । हाम्रो खेलकुदबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।