मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

टी-२० विश्वकप : पहिलो खेलमा नामिबियाले श्रीलंकालाई हरायो

Himali Patrika 1 मिनेट पढाइ

टि २० क्रिकेट विश्वकप आजबाट सुरु भएको छ। अष्ट्रेलियामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको छ। उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको छ। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंका १९ औ ओभरमा अल आउट हुदै १०८ रन मै सिमित भएको हो । नामिबियाले श्रीलंकामाथि ऐतिहासिक जित हासिल गरेको हो ।

१६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटियो। श्रीलंकाका लागि दासुन सानाकाले सर्वाधिक २९ रन बनाए। यस्तै भानुका राजपाक्षेले २० रन बनाउँदा धनन्जयले १२ र महेश तेक्षेणाले ११ रन बनाए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकालाई सस्तैमा रोक्न नामिबियाका डेभिड वाइज, बनार्ड स्कोल्टज, बेन शिकागो र यान फ्रायलिङ्कले २-२ विकेट लिए। जेजे स्मिटले १ विकेट हात पारे।त्यसअघि सायमण्ड स्टेडियम जिलाङ्समा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।

उसका लागि यान फ्रायलिङ्कले सर्वाधिक ४४ रन बनाएका थिए। स्टेफन बर्डले २६ रन बनाउँदा यान निकोल र कप्तान एरार्ड इरास्मसले २०-२० रन बनाए।श्रीलंकाका लागि प्रमोद मधुशानले २ तथा महेश तेक्षाना, दुसमान्था चमेरा, चमिका करूणारत्ने र वाइन्डु हसरंगाले १-१ विकेट लिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।