मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे विश्व कपकाे उपाधि

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ काे उपाधि जितेकाे छ । आज आइतवार मेलबर्नमा भएकाे फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे ।

पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायाे । उसका लागि बेन स्टाेक्सले नटआउट ५२ र जाेस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए ।

खेलमा मात्र १२ रन दिएर तीन विकेट लिने इङ्ग्ल्यान्डका साम करन म्यान अफ द म्याच चुनिए । उनी म्यान अफ द टुर्नामेन्ट पनि चुनिए । याे उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई पुर्‍याएकाे छ । यसअघि सन् २०१० काे टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेकाे थियाे ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।