थोरै मात्रमा हलुवाबेद खाँदा पनि स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा, जानौं यसका फाइदा

थोरै मात्रमा हलुवाबेद खाँदा पनि स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा, जानौं  यसका फाइदा

हलुवाबेद नेपालमा एक परिचित फल हो । यो फल व्यावसायिक रूपमा बिक्री नहुँदा प्रवद्र्धन पनि खासै भएको पाइन्न, तर पछिल्लो समय यो फलको महत्व बुझ्न थालेपछि सबैले खोजी–खोजी खान थालेका छन् ।

अबका दिनमा यो फल होटल–रेस्टुराँमा पनि व्यावसायिक रूपमा राख्ने र यसका परिकार बनाउन थालेकाले अब यसको महत्व झन् बढ्न थालेको छ । यो फलमा ३० भन्दा ज्यादा पोषण तत्व पाइने हुँदा जोकोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।

इबोनी उड परिवारको डिओस्पाइरोस वर्गमा पर्ने यो वनस्पतिको हलुवाबेद पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचीन ग्रिकमा डिओस्पाइरोस भन्नाले ‘भगवान्को फल’ भन्ने बुझिन्छ । यो वनस्पति पतझर वनस्पतिअन्तर्गत पर्छ ।

Europass CV in Nepal

यसको फलको रङ्ग हल्का सुन्तला, पहेंलो, गाढा सुन्तला, रातो तथा प्रजातिअनुसार फरक हुने गर्छ, जुन १.५ देखि ९ से.मि. व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ । हलुवाबेदको फल खानका लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसँग टाँसिएको हुन्छ, तर फल पाकेपछि उक्त पत्रदल सजिलै निकाल्न सकिन्छ ।

हलुवाबेदको फलमा प्रशस्त मात्रामा ग्लुकोज पाइन्छ, ग्लुकोजका अतिरिक्त यसमा सन्तुलित मात्रामा प्रोटिन पनि पाइन्छ । यी फलहरू रासायनिक र औषधीय गुणका कारण पनि अत्यन्तै महत्वपूर्ण छन् ।

हलुवाबेद एक समशीतोष्ण किसिमको फलफूल हो, तर फल फल्ने समयमा चाहिँ तापक्रम पुगेन भने टर्रोपना आउन सक्छ । त्यसैले गर्दा फल लाग्ने समयमा घाम लाग्ने मोहडा भएको जग्गा छनोट गर्नुपर्छ । सुन्तला जातको फलफूल खेती गर्न सकिने स्थानमा हलुवावेदको खेती गर्न सकिन्छ ।

नेपाली दूतावास जापानको आफ्नो साइडले दिएको जानकारीअनुसार नेपाली विद्यार्थीहरू तीन वर्षको अध्ययन पूरा गरी जापानबाट सन् १९०५ मा नेपाल फर्केका थिए । उनीहरू नेपाल फर्कंदा यो फलको बीउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए, जुन त्यसअघि नेपालमा पाइँदैनथ्यो ।

आज हलुवाबेद नेपालमा फलिरहेका छन्, जसलाई एक शताब्दीपहिले नेपाली विद्यार्थीहरूले समुद्रपारबाट आफ्ना यात्रा–संस्मरणस्वरूप ल्याएका थिए । आज यो फलले दुई देशबीचको जनस्तरीय मित्रताको सुरुवातका रूपमा लिन सकिन्छ । ती विद्यार्थीहरूले यो फलको बीउसँगै नीललहर, कटुस र गोदावरी फूलका बीउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए, जुन त्योभन्दा पहिला नेपालमा पाइन्नथ्यो ।

हलुवाबेदका स्वास्थ्यसम्बन्धी अचुक फाइदाहरू

फाइटोकेमिकल्सको प्रमुख स्रोत हो हलुवाबेद फल। हलुवाबेद वजन सन्तुलनका लागि अति नै उपयोगी फल हो । हलुवाबेद फल एक प्राकृतिक एन्टिहेमोर्रोइड मानिन्छ, जसले कुनै चोटपटक या ब्लिडिङलाई निदान गर्न मद्दत गर्छ । यसलाई खाना पचाउन राम्रो सहायता पु-याउने फल भनेर चिनिन्छ ।

हलुवाबेद  डाइबिटिजका लागि उत्तम फल हो । उच्च रक्तचाप (हाइपरटेन्सन) का लागि पनि राम्रो मानिन्छ । इम्युनिटी पावरलाई शुद्ध बनाउने स्वास्थ्यमैत्री फल हो हलुवाबेद । क्यान्सरका लागि पनि उत्तम फल हो हलुवाबेद । आँखाको भिजन सुधार गर्नका लागि पनि राम्रो फल हो ।

शरीरको रेड ब्लड सेल उत्पादन गर्न सहयोगी फल ।बेलाबेलामा हिचकिचाउने समस्या हुनेका लागि राम्रो फल ।कलेजोलाई सहयोग पु-याउने फल पनि हो हलुवाबेद । यो एक शक्तिवद्र्धक फल मानिने हुँदा एक किसिमको इनर्जी फल पनि मानिन्छ । यो फल नियमित खानाले संक्रमणको समस्या पनि निदान हुन्छ ।

यो फलमा ३० भन्दा ज्यादा पोषण तत्व पाइने हुँदा जोकोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।अत्यधिक मोटोपना भएको व्यक्तिलाई पनि यो फल अमृतसरि मानिन्छ ।
आहार नली स्वस्थ राख्न अचुक फाइदा पु-याउने फल । मुटुसम्बन्धी समस्या हुनेका लागि अत्यन्त लाभदायी फल ।मस्तिष्कसम्बन्धी समस्या हुनेका लागि स्वास्थ्यमैत्री फल ।कसरी खाने हलुवाबेद, के–के परिकार बन्छ ?

हलुवाबेद ‘फल एक, परिकार अनेक’ भनेर चिन्न सकिन्छ । स्वास्थ्यसम्बन्धी कैयांै फाइदा हुँदाहुँदै पनि यो त्यत्तिकै पाकेको खाँदा पनि मीठो र स्वादिलो फल हो । यो फल पाकेपछि राम्ररी पखालेर ताछेर या नताछी बोक्रैसँग पनि खान सकिन्छ । यसको स्मुथी, जुस, लस्सी, सलाद जे बनाएर खाँदा पनि हुन्छ । यो फलको जाम र केक पनि निकै प्रसिद्ध मानिन्छ । हलुवाबेदको ब्रान्डी हालेर बनाएको केक विश्वमा निकै प्रसिद्ध मानिन्छ ।

हलुवाबेदको ताजा जुसलाई शक्तिवद्र्धक र रोगप्रतिरोधात्मक बुस्टर भनेर पनि चिनिन्छ । कुलिनरिइउजेजका लागि यो फल काँचो, पाकेको या सुकाएको सबै खाले प्रयोग गरेको हुन्छ ।