मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 9 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
स्वास्थ्य

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान दाङमा ‘प्लाज्मा थेरापी’ विधिबाट झरेको कपाल उमार्ने उपचार सुरु

Himali Patrika 1 मिनेट पढाइ

दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार शुरु भएको छ । प्लेटेलेट्स रिच प्लाज्मा थेरापी (पीआरपी) विधिबाट कपाल झरेको ठाउँमा उमार्ने उपचार बिहीबारदेखि शुरु भएको प्रतिष्ठानले जनाएको छ ।

विरामीको रगत निकालेर उक्त रगतबाट प्लेटेलेट्ससहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको बृद्धि भई कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विभागका डा. कृष्ण झा बताउनुहुन्छ । दाङमै पहिलो पटक घोराहीमा यो सेवा शुरु भएको उहाँले बताउनुभयो ।

‘कपाल उमार्ने सँगै अनुहारमा चमक ल्याउन तथा डन्डीफोर एवं चाउरी हटाउन पनि यो विधि प्रभावकारी छ’– उहाँले भन्नुभयो– ‘यो उपचार विधिमा बिरामीकै रगतबाट प्लेटेसहितको प्लाज्मा छुट्याएर कपाल नभएको ठाउँमा राख्ने गरिन्छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विभागमा यो सेवा सञ्चालनमा आएको छ । प्रतिष्ठानको छाला रोग विभागमा डा. कृष्ण झाको नेतृत्वमा डा. निशा आचार्य र अहेव सुरक्षा घर्ती मगरको टिमले काम गरिरहेको छ । प्रतिष्ठानले थेरापी गरेको ३ देखि ६ महिनाभित्र कपाल पलाउने जनाएको छ ।

पिआरपी के हो ?
प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो ।

पिआरपी बनाउन बिरामीको रगत २० देखि ३० एमएल निकालिन्छ । रगत सेन्टिफ्यूज मेसिनमा प्रक्रिया तथा प्रशोधन गरिन्छ । प्रशोधन गरेर रातो रगत प्लाज्मामा परिवर्तन गरिन्छ । प्रशोधित रगत प्लाज्मामा परिवर्तन हुन्छ । प्रशोधन गरेर प्लाज्मामा परिवर्तन गरेको रगत पहेँलो किसिमको देखिन्छ । केश पलाउन र छाला स्वस्थ हुनका लागि आवश्यक पर्ने प्लेटिलेट पहेँलो रगतमा हुन्छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।