मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 9 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
स्वास्थ्य

नेपालमा भेटिए १७ वटा ओमिक्रोनका सव भेरिएन्ट

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । नेपालमा १७ वटा ओमिक्रोनका सव भेरिएन्ट फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै ४८ जनाको नमुना परीक्षण गर्दा सव भेरिएन्ट पुष्टि भएको बताएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोनका विभिन्न सव भेरिएन्ट फेला परेका हुन् ।

नमुना परीक्षणमा बिए.२, बिए.२.७५, बिए.२.७५.१, बिए.२.७५.२, बिए.२.७५.३, बिए.२.७५.५,बिए .२.७५.६, बिए.२.७६, बिए.५.२, बिए.५.२.१, बिएम.१, बिएम.१.१.३, बिएन.१.३, बिक्यू.१.१, बिक्यू.१.२, बिवाइ.१ र एक्सबीबी पुष्टि भएका छन् ।एक्सबीबी भने यसअघि नै नेपालमा पुष्टि भइसकेको छ । पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएका बि.एफ. ७ हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड १९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले सबैले मास्कको प्रयोग गर्न हुन, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कहरुकाले तथा स्वास्थ्य संस्थाहरुले आवश्यक स्क्रीनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।