मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
स्वास्थ्य

गाउँबाट गएर डाक्टर बनेका तिलक डाँगीले गरे गाउँलेहरूको निःशुल्क उपचार

Himali Patrika 1 मिनेट पढाइ

माधवकुमार ओली

गाउँबाट सहर गएर डाक्टर पढेका अधिकांश व्यक्तिहरू आफ्नो गाउँ फर्किन चाहँदैनन्। फर्के पनि निःशुल्क सेवा गर्दैनन्। तर रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी भलाकामा जन्मिएका डा. तिलक डाँगीले भने शुक्रबार आफ्नो गाउँ पुगेर गाउँलेहरूको नि:शुल्क उपचार गरेका छन्।

विशेषज्ञ डाक्टरसहित त्यहाँ पुगेका डा. तिलकले दिनभरी गाउँलेहरूको स्वास्थ्योपचार गरे। जिल्ला अस्पताल रोल्पामा कार्यरत डा. तिलकलाई आफ्नै गाउँमा आएर एक दिन निःशुल्क सेवा गर्न स्थानीय स्वास्थ्य चौकी राङ्सीले आग्रह गरेपछि उनले त्यहाँ पुगेर सेवा दिएका हुन्।

आफू जन्मेको गाउँमा पुगेर गाउँलेहरूको सेवा गर्न पाउँदा आफूलाई छुट्टै आनन्द प्राप्त भएको डा. तिलकको भनाई छ। आफ्नै गाउँको डाक्टर आउँदै छ भनेपछि गाउँलेहरू पनि खुसी भएर सेवा लिन आएका थिए। ‘आफ्नै गाउँको केटो डाक्टर भएकोमा गाउँलेहरू खुसी देखिन्थे’, डा. तिलकले भने, ‘यही हो केटो भन्दै आफन्तहरूले त अङ्गालोसमेत हाले।’

स्वास्थ्य चौकी राङ्सीको आयोजना तथा सत्प्रयास समूहको सहकार्यमा भएको उक्त एक दिने शिविरबाट ५ सय ७५ जनाले स्वास्थ्य सेवा पाएका छन्। हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सोम आले नेतृत्वको टोलीमा रोल्पाकै डा. सविना घर्तीले पनि सेवा दिएका थिए।

शिविरमा भिडिओ एक्सरे, डेन्टल र ल्याब सेवासमेत दिइएको थियो। शिविरबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरूले शिविरबाट लाभ लिएको वडाध्यक्ष हरिप्रसाद बुढाको भनाई छ। उक्त अवसरमा डा. तिलकले स्थानीय जनसेवा माविका विद्यार्थीहरूलाई आफ्नो अनुभव समेत सुनाएका थिए। ब्रेकिङलिंकबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।