मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
स्वास्थ्य

जाडो मौसममा नियमित खानुस् बदाम, यस्ता छन् बदाम खानुका ५ फाइदा

Himali Patrika 1 मिनेट पढाइ

आजभोली प्राय सबैलाई बदाम खानुका फाइदाहरू बारे थाहा छ। स्वास्थ्यप्रति सचेत व्यक्तिहरूले यसलाई  दैनिकआफ्नो आहारमा समावेश गरेको हुनुपर्छ। प्रोटिन युक्त बदाममा फाइबर र ओमेगा ३ हुन्छ । यो धेरै मानिसहरूको मनपर्ने ड्राईफ्रुट हो।  स्वादका साथ स्वस्थ गुणहरूले भरिएको हुन्छ।

वास्तवमा बदाममा पौष्टिक तत्वहरूले भरपुर हुन्छ र यसलाई खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। यसमा प्रोटिनमा भरपूर हुनुका साथै राम्रो फ्याट, माइक्रो र म्याक्रो न्यूट्रिएन्ट पनि पाइन्छ, जसले धेरै रो’गबाट बचाउँछ। साथै, बदाम काजू र ओखर जत्तिकै महँगो हुँदैन। बदाम उमालेर वा भुटेर खान सकिन्छ ।

जाडोमा बदाम खानुका ५ फाइदाहरु– वजन कम गर्नः यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने, बदामले तपाइँलाई यो काममा मद्दत गर्न सक्छ। बदामले भोक कम गर्ने काम गर्छ, तर यसलाई धेरै खानु हुँदैन। प्रोटिनः १०० ग्राम बदाममा २५.८ ग्राम प्रोटिन हुन्छ ।

यो बिरुवामा आधारित प्रोटीनको राम्रो स्रोत हो, त्यसैले जाडोमा धेरै फाइदाजनक हुन्छ। मुटुलाई स्वस्थ राख्छः यी क्रन्ची स्न्याक्सहरूले तपाईंलाई हृदय रो’गको जोखिम बढाउने धेरै कारकहरू व्यवस्थापन गर्न मद्दत गर्न सक्छ। यसले ख’राब को’लेस्ट्रोल कम गर्न पनि काम गर्छ।

र’क्त सुगरलाई नियन्त्रणः बदामलाई म’धुमेहको आहारमा थोरै मात्रामा पनि समावेश गर्न सकिन्छ। खनिज र भिटामिनः बदामले एकैपटक धेरै पोषक तत्व प्रदान गर्छ। बदाम खनिज, भिटामिन, प्रोटिन, ओमेगा–घ, ओ’मेगा–ट, फाइबर, कपर, फोलेट, भिटामिन–ई, थायामिन, फस्फोरस र म्या’ग्नेसियमको उत्कृष्ट स्रोत पनि हो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।