लौका खानुका फाइदै-फाइदा : शरीर भित्रको फोहोर सफा देखि कब्जियतबाट आराम सम्म

लौका खानुका फाइदै-फाइदा : शरीर भित्रको फोहोर सफा देखि कब्जियतबाट आराम सम्म

लौकालाई भोजनमा सामेल गराउनाले शरीरमा भएको हानीकारक कोलेस्टोल विस्तारै कम हुदैजान्छ । जसले मुटु सम्बन्धि या कोलेस्टोलले हुने अन्य समस्या हुदैन । यसका लागि लौकाको जुस आर्दस पेय पदार्थ मानिन्छ ।

तपाईलाई लौकाको तरकारी खान कत्तिको मन पर्छ ? कति मानिस तरकारीमा लौका खान मन पराउँदैनन् । यो खानुपर्ने बाध्यताबाट बचेर नै रहने गर्दछन् । तर के तपाईलाई थाहा छ लौकाले तपाइको आलश्यपन हटाउने देखि लिएर शरीरको तौल पनि कम गर्दछ ।

जान्नुस लौकाका गुण यस्ता छन् :

Europass CV in Nepal

लौका खानाले पेटमा भारीपन रहदैन् । प्रतिदिन ताजा महसुस गर्नेको लागि मसला या नुन मिसाएर लौकाको जुस पिउन सकिन्छ । लौका शरीरको तौललाई छिटो कम गर्नमा सहयोग छ ।

त्यसैले यसलाई जुस बनाएर वा नुनका साथमा खान सकिन्छ । लौकाले पाचन सम्बन्धी समस्याको पनि उत्तम समाधान गर्छ । साथै यो एसिडिटीमा पनि लाभदायी छ ।

लौकालाई भोजनमा सामेल गर्नाले पाचन क्रिया राम्रो हुँदै जाने गर्दछ । डाइबिटिजका रोगीका लागि लौका सेवन एक प्रभावकारी उपाए हो । डाइविटिजमा खाली पेट लौका सेवन गर्नु राम्रो हुन्छ ।

मुत्र सम्बन्धि समस्याको लागि पनि लौका खानु राम्रो उपाय हो। यसले शरीरमा सोडियमको मात्रालाई कम गर्न सहयोग गर्छ । लौकाको नियमित सेवनले छालामा प्राकृतिक चमक आउछ । जसले गर्दा शरीर आकर्षक देखिन्छ । कतिपय महिला वा युवती यसको लागि लौकाको प्रयोग गर्दछन् ।

गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।

लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ । लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।

यस्ता छन् लौकाको जुसको फाइदाहरु

मानिसहरुले लौका भन्ने बितिकै तरकारी मात्र हुन्छ भन्ने सम्झिन्छन् तर लौकाको तरकारी मात्र नभई जुस बनाएर पनि खान सकिन्छ । जसले गर्मि मौसममा शरीरलाई धेरै फाईदा पुर्याउछ ।

१. शरीर भित्रको फोहोर सफा गर्ने : लौकाको रसमा ९८ ५ पानि र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाइ बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री भाग सफा राख्ने काम गर्छ ।

२. कब्जियतलाइ आराम : लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाइ दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।

३. शक्तिको लागी : यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् यसले फाइदा पुर्याउँछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउँछ ।

४. पिसाब इन्फेक्सनका लागि : यदी तपाइलाई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ ।लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।

५. ओजन घटाउन मद्धत : लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

Europass CV in Nepal