मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 9 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
स्वास्थ्य

यसरी रहन सकिन्छ सधैँ ‘फिट एण्ड फाइन’, व्यायाम र खानाको सन्तुलन कसरी मिलाउने ?

Himali Patrika 1 मिनेट पढाइ

प्रत्येक व्यक्तिको चाहना हुन्छ, शरीरलाई फिट राख्ने । शरीरलाई फिट राख्न मानिसहरुले विभिन्न उपाय अपनाउने गष्र्छन् । अझ आफ्नो शरीरलाई सेलिवि्रटी झै फिट राख्न मानिसहरु खाना छोड्ने, डाइटिङ गर्ने देखि अनेकौ उपायहरु अपनाउने गर्छन् । यस दौरान उनीहरु के विर्सन्छन् भने शरीर पातलो हुँदैमा फिट हुँदैन ।

शरीरलाई फिट राख्न शरीरको बनोटका साथमा सही पोश्चर (बस्ने, उठ्ने,हिड्ने तथा काम गर्ने तौर तरीका) तथा मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने) ले सही तरीकाले काम गर्न आवश्यक्ता छ ।

कुनै पनि व्यक्तिलाई फिट रहनका लागि खेलकुदमा लाग्नै पर्छ भन्ने जरुरी छैन ।तपाई कुनै काम कति गहिराईका साथ गर्नुहुन्छ, र त्यस काममा कति समर्पित हुनुहुन्छ भन्ने कुराले पनि तपाईको शरीर कति फिट छ भन्ने कुरा बताउने गर्छ ।

त्यस्तै, शरीरको स्टामिना तथा तपाईले कुनै काम प्रति कस्तो प्रतिकि्रया जनाउनु हुन्छ, त्यसले पनि तपाईको फिटनेसबारे धेरै कुरा बताउने गर्छ । त्यसबाहेक, यी कुराहरुले पनि तपाई कत्तिको फिट हुनुहुन्छ भनेर पत्ता लगाउन सकिन्छ ।

शरीरीक बनावट वा शरीरको कम्पोजिसन

शरीरको बनावट वा कम्पोजिसनको नापजाँच गरेर पनि शरीरको फ्याट तथा मसल्स पत्ता लगाउन सकिन्छ । त्यस्तै, शरीरको उचाई, उमेर, तौल, हड्डीको बनावट तथा बोसोको आधारमा पनि शरीर कत्तिको फिट छ, पत्ता लगाउन सकिन्छ । जिम जानेहरुको हकमा ट्रेनरले शरीरको कम्पोजिसनको विश्लेषण गरेर पनि शरीर कत्तिको फिट छ भनेर बताउन सक्दछन् ।

लचिलोपना

उमेर बढेसँगै शरीरको लचिलोपना -फ्रक्जिविलिटी) मा पनि र्‍हास आउने गर्छ । शरीरलाई लचिलो बनाउन वजन घटाउनुमात्र हैन, एक्सरसाइज गर्नु पनि जरुरी हो । नियमित रुपमा गरिने एक्सरसाइजले शरीरलाई लचिलो बनाउन मद्दत गर्छ ।

शरीरको हड्डी तथा काम गर्ने तौरतरीकाले पनि शरीर कत्तिको लचिलो छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । तर बद्लिदो जीवनशैली तथा एकै ठाउँमा धेरै बेर बसेर गरिने कामले शरीरको लचिलोपना हराउँदै गएको छ । जसका कारण शरीरको जोर्नीहरु जाम हुने समस्या निम्तिदै गएको छ ।

कार्डियोभास्कुलर फिटनेस

मुटु तथा फोक्सोले राम्ररी काम गरेको खण्डमा शरीरको कार्डियोभास्कुलर सिस्टम फिट रहने हुने गर्छ । शरीरको कार्डियोभास्कुलर सिस्टम फिट रहन शरीरमा अक्सिजनको प्रवाह राम्ररी हुनु पर्दछ । साथै, शरीरमा भएको विषाक्त बाहिर निस्कनु पर्दछ । यो नै कार्डियोभास्कुलर फिटनेश मुख्य निशानी हो । र, मुटु र फोक्सो कति मजबुत छ भन्ने कुरा कार्डियो वर्कआउटमा निर्भर गर्छ ।

मसल्स स्ट्रेन्थ वा बलियो मांसपेशी

तपाईको मासंपेशी कत्तिको मजबुत छ भन्ने कुरा तपाईको हातमा भर पर्छ । अर्थात तपाई कति धेरै वजन उठाउन सक्नुहुन्छ, भन्ने कुरा मांसपेशीमा निर्भर गर्छ । यदी मांसपेशी मजबुत छ भने तपाईलाई कुनै गर्‍हौ कुरा उचाल्न, ढकेल्न तथा तान्न खासै समस्या पर्दैन । तर मांसपेशी कमजोर छ भने सानो-तिनो काम गर्नका लागि पनि तपाई थप ताकतको आवश्यक्ता पर्दछ ।

एउटै काम बारबार गर्ने क्षमता

सामान्यतया मानिसहरुलाई एउटै काम पटक पटक गर्न अल्छी लाग्ने गर्छ । एउटै कामलाई बारम्बार गर्न अल्छी लाग्नु एउटा कुरा हो । तर कुनै काम एक पटक गर्दैमा बेसी थकाई लाग्नु अर्को कुरा हो । कुनै काम एकपटक गर्दैर्मा थकाई लाग्नुले शरीर कमजोर भएको संकेत दिने गर्छ । त्यस्तो अवस्था शरीरका लागि आवश्यक पर्ने पोषण तत्व सेवन गरेर पनि शरीरलाई फिट राख्न सकिन्छ ।

पोस्ट एक्सरसाइज
पोस्ट एक्सरसाइज भन्नाले व्यायाम पछि गरिने सामान्य व्यायाम हो। जसमा दौडने र साइक्लिङ गर्नु पर्दछ। व्यायामपछि केही मिनेट पोस्ट एक्सरसाइज गर्दा शरीर लचिलो हुने गर्दछ।

नियमित पुसअप
यदि तपाईँ नियमित पुसअप गर्नुहुन्छ भने,छाती तथा फोक्सो बलियो हुनका साथै शरीरको आकार पनि राम्रो हुन्छ। त्यसैले ३० देखि ६० सेकेन्ड सम्म पुशअप गर्ने बानी बसाल्नुपर्दछ

एरोविक्स
शारीरिक रूपले फिट रहनका लागि योगासनका साथ केही व्यायाम गर्न सकिन्छ। यसमध्ये पनि एरोविक्स यस्तो व्यायाम हो, जसले फिट राख्नका साथै खुसी पनि बनाउँदछ। यसबाट एकतर्फ मनोरञ्जन हुन्छ भने अर्कोतिर शरीरको बोसो घट्छ । बिहानको समय एक घण्टा एरोबिक्स गर्नु उपयुक्त हुन्छ।

भेज खाना खाने
यो सत्य हो नन्भेज खानामा पोषक तत्त्व बढी हुन्छ तर यस सँगसँगै बोसोको मात्रा पनि बढी हुने भएकाले यसका विपरीत सागसब्जी खानाले वजन चाँडै घट्ने हुन्छ। त्यसैले आफ्नो खान्कीमा सबै किसिमको गेडागुडी, दाल एवं हरियो सागसब्जी बढी राख्न आवश्यक छ।

पर्याप्त निद्रा पुर्‍याउने
निद्रा कम पर्नु वा नलाग्नु वा लाग्न नदिनु पनि वजन बढ्नुको एउटा कारण हो । निन्द्रा कम भएमा तनाव महसुस हुने हुन्छ । तनाव भएको अवस्थामा हार्मोनले शरीरमा अत्यधिक पानी बढाउने हुन्छ । जसले गर्दा वजन बढ्छ । उक्त कारण फिट रहनका लागि पर्याप्त निद्रा पुर्‍याउन जरुरी छ ।

घरको खाना खाने बानी बसालौं
फिट रहनका लागि स्वस्थ खाना खानु आवश्यक हुन्छ । घरको खाना स्वच्छ एवं स्वस्थकर हुने भएकाले बाहिरका खानाको तुलनामा घरको खाना नै खानु नै राम्रो हो । घरको खानामा आफूले चाहेको मात्रामा तेल राख्न सकिन्छ । होटलको खानामा क्यालोरीको मात्रा बढी हुने हुन्छ । धेरै चिल्लो खानाले रोग निम्त्याउनुका साथै मोटाउने सम्भावना बढी हुन्छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।