मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
स्वास्थ्य

जाडोमा बदाम खानुका फाइदै फाइदा : मोटापन घटाउनेदेखि छाला चम्किलो सम्म बनाउँछ

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी, ४ पुस । हिउँदको मौसम सुरु हुनासाथ सडकमा बदाम देखिन थाल्छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि जाडो मौसम र बदामबीच के सम्बन्ध छ ? चिसो लाग्नेबित्तिकै बजारमा किन आउन थाल्छ बदाम ?

वास्तवमा बदाममा पौष्टिक तत्वहरूले भरपुर हुन्छ र यसलाई खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। यसमा प्रोटिनमा भरपूर हुनुका साथै राम्रो फ्याट, माइक्रो र म्याक्रो न्यूट्रिएन्ट पनि पाइन्छ, जसले धेरै रोगबाट बचाउँछ। साथै, बदाम काजू र ओखर जत्तिकै महँगो हुँदैन। बदाम उमालेर वा भुटेर खान सकिन्छ ।

बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। जुनसुकै मौसममा बदाम खान सकिन्छ।शरीरको वृद्धि विकासका लागि प्रोटिन नभइ नहुने तत्व हो।

यदि दूध उपलब्ध छैन भने त्यसको सट्टामा पनि बदाम खान सकिन्छ। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ। नियमित बदाम खाँदाका यस्ता छन् फाइदा।

मोटोपना घटाउँछ : बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। यसले गर्दा मोटोपन भएकाहरुको सजिलै तौल घट्न सक्छ।

रोगप्रतिरोधात्मक शक्ति बढाउँछ : नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ। क्यान्सरबाट बचाउँछ : बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ। यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ।

मिनरल्स : बदाममा प्रशस्त मात्रामा मिनरल्स हुन्छ। यसले शरीरमा फ्याट,कार्बोहाइड्रेट,मेटाबोलिजम र क्याल्सियलाई सन्तुलन मिलाउने काम गर्छ। नियमित बदाम खाँदा मधुमेहको जोखिम कम हुन्छ।

फोलिक एसिड : बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन् क्षमता बढाउँछ।यसका साथै गर्भमा रहेको शिशुको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ।विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ।

छाला चम्किलो : बदामले अौषधिको काम पनि गर्छ। यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।

भिटामीन सी : बदाममा भिटामिन सी पाइन्छ। यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।

स्वस्थ कपाल : नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ। बदाममा कपाल लामो र सुन्दर बनाउने तत्व रहेको हुन्छ। यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन। त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।