मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
स्वास्थ्य

डब्लुएचओले भन्योः नयाँ प्रजातिको ओमिक्रनबाट अझै धेरै खतरा

Himali Patrika 1 मिनेट पढाइ

१४ पौष । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रनबाट अझै धेरै खतरा रहेको औल्याएको छ । बुधबार डब्लुएचओले गएको हप्ता विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक प्रस्तुत गर्दै खतरा औल्याएको हो ।

डब्लुएचओलेले पछिल्लो अवस्थाबारे जानकारी दिदै विश्वका धेरै देशहरुमा कोरोना संक्रमणमा वृद्धि भएको उल्लेख गरेको छ । यसअघिको डेल्टा प्रजातिलाई उछिन्दै ओमिक्रन संयुक्त राज्य अमेरिका, बेलायतलगायतका देशहरुमा वृद्धि भएको जनाएको छ ।

पछिल्लो समय यूरोपका फ्रान्स, बेलायत, इटाली, ग्रीस, पोर्चुगलमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेपछि डब्लुएचओको धारणा आएको हो । फ्रान्समा मात्र गएको २४ घन्टामा एक लाख ८० हजार संक्रमित थपिएका छन् ।

भारत, थाइल्यान्डलगायत देशहरुमा पनि कोरोना संक्रमित संख्यामा वृद्धि भएको छ । कोरोना भाइरसको तेस्रो लहरका रुपमा भारतमा सतर्कता अपनाइएको छ । दिल्लीमा शैक्षिक संघसंस्था बन्द घोषणा गरिएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।