मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
स्वास्थ्य

खाेप नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । काेभिड १९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर र मृत्यु दर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ ।

पछिल्लो अध्ययनअनुसार खोप लगाएकाभन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण सर्ने सम्भावना १० गुणा र सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी भएको देखिएको सङ्क्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज बुधवार डाक्टर कोइरालाले ओमिक्राेन सङ्क्रमणबाट खोप लगाएका व्यक्तिभन्दा नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी रहेको बताउनुभयो ।

ओमिक्रोन भेरियन्ट यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा अत्यधिक सङ्क्रामक भएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । डेल्टाकाे सङ्क्रमणलेजस्तो मृत्यु गराउने नभए पनि एकदम छिटो धेरै जनसङ्ख्यालाई सङ्क्रमण गराउने भएकाले यसले ठूलो क्षति गराउन सक्ने सम्भावना रहेको डाक्टर काेइरालाकाे भनाइ छ ।

ओमिक्रोनले फोक्सोमा भन्दा घाँटी, नाक, श्वासनलीमा सङ्क्रमण गराउने उहाँले बताउनुभयो । डेल्टा भेरियन्टले सिधै छातीमा निमोनिया गराउने गरेकोमा ओमिक्रोन भेरियन्टले फोक्सोमा सङ्क्रमण तथा निमोनिया गराएको नदेखिएको डाक्टर कोइरालाले बताउनुभयो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।