केकेको पोष्टमार्टम रिपोर्ट : धेरै उत्साहित हुँदा हर्ट अट्याक भयो, मुटुमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज पाइयो

केकेको पोष्टमार्टम रिपोर्ट : धेरै उत्साहित हुँदा हर्ट अट्याक भयो, मुटुमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज पाइयो

बलिउड गायक केके (कृष्णकुमार कुननाथ) को पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । जसमा केके अति उत्साहित हुँदा उनको मुटुमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज भएको र त्यसैका कारण हर्ट अट्याक भएर उनको मृत्यु भएको उल्लेख छ ।

चिकित्सकहरूका अनुसार बेहोस भएलगत्तै सीपीआर दिएको भए उनको ज्यान बच्न पनि सक्थ्यो ।

पोष्टमार्टममा खुल्यो ३ ठूला कुरा

Europass CV in Nepal

१. समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै केकेको पोस्टमार्टममा संलग्न डाक्टरले केकेको मुटुको बायाँ भागमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज (बन्द) भएको र अन्य ठाउँमा सानो अवरोध भएको बताएका छन् ।

२.लाइभ शोमा, केके यताउता घुमिरहेका थिए र भीडसँग नाचिरहेका थिए । यसले उनलाई थप उत्साहित बनायो, जसका कारण उनको मुटुमा रक्तसञ्चार रोकियो, जसले गर्दा उनलाई हृदयाघात भयो । हृदयाघात हुँदा मानिसको मुटुको धड्कन तुरुन्तै बन्द हुन्छ ।

३. रक्तप्रवाह रोकिएपछि गायकको मुटुको धड्कन अनियमित भएको चिकित्सकको भनाइ छ । केहीबेरमा केके बेहोस भए र उनको हृदयाघात भयो । सोही समयमा सीपीआर दिएको भए उनी आज बाँच्ने थिए ।

के हो सीआरपी ?

कार्डियो पल्मोनरी रिसुसिटेशनको छोटो रुप सीआरपी आपतकालीन अवस्थामा प्रयोग गरिने चिकित्सा प्रक्रिया हो । यस प्रक्रियामा, मुटुको धड्कन फिर्ता ल्याउन बिरामीको छातीलाई बारम्बार थिचिन्छ । साथै, रोगीलाई मुखबाट मुख सास फेर्न दिइन्छ । यसबाट हृदयाघात, श्वास फेर्न गाह्रो हुने अवस्थाहरूमा व्यक्तिको जीवन बचाउन सकिन्छ ।

कन्सर्टस्थलको कमजोर व्यवस्थापनप्रति प्रश्न

कतिपयले केकेको मृत्युमा आयोजकको लापरबाहीलाई दोष लगाएका छन् । केकेलाई हृदयाघात हुनुअघि उनले कोलकाताको नजरल मञ्चमा आफ्नो प्रस्तुति दिइरहेका थिए । उक्त कन्सर्टमा सहभागी एकजना व्यक्तिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बन्द कन्सर्टस्थलमा धेरै भीड थियो र एसीले काम गरिरहेको थिएन । केकेले कन्सर्ट अवधिमै एसीबारे गुनासो पनि गरेका थिए । यो मृत्यु सामान्य थिएन ।’

उनले अगाडि लेखेका छन्, ‘दर्शकबाट यति धेरै पैसा लिने आयोजकले प्रयाप्त तयारी गरेनन् । कल्पना गर्नुहोस् कोलकाताको गर्मी, त्यसमाथि बन्द अडिटोरियम, यति ठूलो भीड अनि काम नगर्ने एसी । उहाँ निक्कै गाह्रो अवस्थामा गीत गाउँदै हुनुहुन्थ्यो ।’ बिहीबार ५३ वर्षीय केकेको बिहीबार दाहसंस्कार गरियो ।

 

Europass CV in Nepal