मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
स्वास्थ्य

दाङको घोराहीमा खुल्यो ८० लाखको लागतमा भीआईपी पावर जिम, यस्ता छन् विभिन्न सुविधा 

Himali Patrika 1 मिनेट पढाइ

सन्तोष डाँगी 

१ असार, घोराही।  दाङको घोराहीमा ८० लाख रुपैयाँ भन्दा बढीको लगतमा भीआईपी पावर जिम सञ्चालनमा आएको छ। साउदी अरबमा १३ वर्ष जिम ट्रेनरका रुपमा काम गरिसकेका घोराही १५ का खुसिराम थारूले उक्त जिम सेन्टर सञ्चालनमा ल्याएका हुन्। 

पछिल्लो समय घोराहीमा जिम कल्चर बढ्दै गएको भन्दै सञ्चालक थारूले आफू पनि यसै क्षेत्रको अनुभवी भएका कारण लगानी गर्न लागेको बताए। उनले मासिक ६० हजार घर भाडा तिरेर घोराही १५ रतनपुर रोड स्थित तारा भवनमा विभिन्न सेवा सुविधासमेतका जिम सेन्टर सञ्चालनमा ल्याएका छन्। 

भीआईपी पावर जिममा बडी बिल्डिङ, कार्डियो, र एरोबिक्सका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरेको सञ्चालक थारूले बताए। थारू विगत १३ वर्षदेखि साउदी अरबमा फिटनेस ट्रेनरकै रुपमा काम गरेकाले आफू फिटनेस ट्रेनिङसँगै इन्जुरीका भएकाहरूका लागि विशेष प्रकारको एरोबिक्स एक्सरसाइज समेत गराउने बताए।

 आन्तरिक प्रतिष्पर्धा गराइने

भीआईपी पावर जिममा ट्रेनिङ गर्नेहरूलाई सञ्चालक खुसिराम थारूले विभिन्न प्रकारका सेवा सुविधाको व्यवस्था गरेका छन्। उनले  हरेक महिना आन्तरिक बडी बिल्डिङ प्रतिष्पर्धा गराउने समेत बताए। 

‘सम्भव भएसम्म हामीले हरेक महिना जिम गर्नेहरूबीच आन्तरिक प्रतिष्पर्धा गराउने छौँ। सञ्चालक थारूले भने, ‘प्रथम हुनेलाई १० हजार रुपैयाँ बराबरको सुविधा तथा रकम प्रदान गर्ने छौँ, क्रमश: दोस्रो र तेस्रो हुनेले ८ हजार र ६ हजार रुपैयाँ प्राप्त गर्नेछन्।’ फिटनेस जीवन भरका लागि गरिनुपर्ने भएकाले आपसमा प्रतिष्पर्धा गराउँदा फिटनेसप्रति सबैको लगाव बढ्दै जाने सञ्चालक थारूको विश्वास रहेको छ।  

निशुल्क फुड प्रोग्राम 

अव्यवस्थित खानपिनका अकारण जतिसुकै जिम गरेपनि तौल नघट्ने समस्या भोगिरहेकाहरूका लागि सञ्चालक खुसिराम थारूले निशुल्क फुड प्रोग्राम उपलब्ध गराउने भएका छन्। उनले आफ्नो जिम सेन्टरका सदस्यहरूलाई उनीहरूको उमेर, उनीहरूले गर्ने काम र तौल हेरेर खानाको मात्रा तथा आवश्यक खानाको परिणाम लेखेरै दिने बताए। 

तन्दुरुस्त शरीरका लागि नियमित जिम र सन्तुलित खानाको मात्रा मिल्नुपर्ने भएकाले उनले अव्यवस्थित खानपिन गरिरहेकाहरूलाई मध्यनजर गर्दै निशुल्क फुड प्रोग्राम उपलब्ध गराएको बताए।   भीआईपी पावर जिममा पुरुष र महिला दुवैका लागि छुट्टाछुट्टै कोचको व्यवस्था गर्ने  गरिएको छ। 

मासिक शुल्क १८ सय रुपैयाँबाट सुरु हुने यस जिम सेन्टरमा तीन महिनाको प्याकेज लिए ४ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने ६ महिनाको प्याकेज लिए ९ हजार रुपैयाँ र १ महिना सम्म छुटको व्यवस्था गरिएको छ  । त्यसैगरी १ वर्षको प्याकेज लिनेलाई १८ हजार रुपैयाँ र थप २ महिना सम्मको छुट उपलब्ध गराउने सञ्चालक थारु बताउँछन्।  उनले आफ्नो जिम सेन्टरमा आउने सबैको शारीरिक बनावट परिक्षण गरेर जिमका लागि योग्य रहेको नहारेको छुट्याएर मात्र प्रवेश गराउने समेत बताए। 

भीआईपी पावर जिमको मंगलबार घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेले रिभन काटेर उद्घाटन गरेका थिए। उनले आफ्नो वडामा मात्रै ९ वटा भन्दा बढी जिम क्लब खुलेकोमा खुसी व्यक्त गरे। पछिल्लो समय बढ्दै गएको अव्यवस्थित खानपान र विलासी जीवनशैलीका कारण मानवीय स्वास्थ्यमा गम्भीर असर परेको भन्दै वडा अध्यक्ष पाण्डेले फिटनेस तथा खेलकुद क्षेत्रमा लगानी बढ्नु सकारात्मक रहेको बताए।  

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।