मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा पठायो निशुल्क सिटामोल

Himali Patrika 1 मिनेट पढाइ

१४ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोलको कुनै अभाव नभएको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण भएको जनाएको छ ।

‘पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाउँदै विभिन्न स्वास्थ्य संस्थालाई निःशुल्क वितरणका लागि औषधि उपलब्ध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ , ‘विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ ।’

त्यसैगरी, निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको मन्त्रालयको भनाइ छ ।डेंगु संक्रमणको कारण अहिले बजारमा पारासिटामोलको अभाव छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी फैलिएको डेंगु ७७ जिल्लामा पुगिसकेको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २८ हजार संक्रमित र ३६ जनाको डेंगुको कारणले मृत्यु भइसकेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।