चीन सरकारले सन्तान जन्माउने दम्पतीलाई ३७ लाख रुपैयाँ दिने

चीन सरकारले  सन्तान जन्माउने दम्पतीलाई ३७ लाख रुपैयाँ दिने

जिलिन । चिनियाँ प्रान्तले सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम बेबी लोन उपलब्ध गराउने भएको हो।

चीनमा जनसंख्या बृद्धि भएपछि सरकारले जनसंख्या घटाउन विभिन्न रणनीति बनाएको थियो। जनसंख्या घटाउने रणनीतिपश्चात चीनको जनसंख्या ह्वात्तै घटेपछि जिलिन प्रान्त सरकारले सो रणनीति अघि सार्ने बताइएको छ।

सो रणनीतिअनुसार सन्तान जन्माउने दम्पतीलाई ३१ ह्जार चार सय बेबी लोन दिने र सन्तानको संख्याअनुसार ब्याजदरमा समेत हेरफेर गरिने बताइएको छ। यद्यपि, सो रणनीति कहिलेदेखि लागु हुने भन्नेबारे भने जानकारी नदिइएको बताइएको छ।

म्यानमार सेनाले सन् २०२३ मा नयाँ चुनाव गराउने

बुर्माः म्यानमार सेनाको सरकारले सन् २०२३ मा नयाँ चुनाव गराउने योजना बनाएको छ। सैन्य सरकारले सन् २०२३ अगष्टमा आयोजना हुनेगरी नयाँ चुनाव गराउने योजना बनाएको हो।

नयाँ चुनावबारे म्यानमार सेना प्रमुख मिन आउङ लेइङले स्थानीय टेलिभिजन एमआरटिभीमार्फत् बिहीबार जानकारी दिएका हुन्। ‘राज्यको स्थायित्व र शान्तिका लागि हामीले सन् २०२३ अगष्टमा आयोजना हुने गरी बहुदलीय आम चुनाव गराउने योजना बनाएका छौं,’ सेना प्रमुखले भनेका छन्।

नयाँ चुनावपछि बन्ने सरकारपछि सेनाले सत्ता छोड्ने प्रतिज्ञासमेत सेना प्रमुखले गरेका छन्। सेना प्रमुख लेइङले आम चुनावमा सघाउन सेनालाई सघाउनसमेत जनतासमक्ष आग्रह गरेका छन्।

चीनको खतरा रोक्न जापानद्वारा ऐतिहासिक रक्षा बजेट स्वीकृत

टोक्योः जापान सरकारको मन्त्रिपरिषदले ऐतिहासिक रक्षा बजेट स्वीकृत गरेको छ। चीनबाट आउने खतरा रोक्न मन्त्रिपरिषदले शुक्रबार एक वर्षका लागि ऐतिहासिक रक्षा बजेट स्वीकृत गरेको हो।

आगामी वर्ष अप्रिलदेखि निकासा गरिने सो बजेट ४७.२ बिलियन डलर रहेको बताइएको छ। चीनको खतरा रोक्न आफ्नो रक्षा क्षमता बढाउने उदेश्यले सरकारले सो बजेट स्वीकृत गरेको बताइएको छ। रक्षा क्षमता बढाउने उद्देश्यले जापान सरकारले छुट्याएको सो रकम हालसम्मकै उच्च भएको समेत अन्तर्राष्ट्रिय मिडियामा खबर छ। आगामी वर्षा लागि सरकारले छुट्याएको सो रकम जापानको रक्षा इतिहासमा ८ वर्षयताकै उच्च भएको जापान टाइम्समा खबर छ।