मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

हालसम्म कति कमायो नेपालमा खिचिएको बलिउड फिल्म उचाईले

Himali Patrika 1 मिनेट पढाइ

नेपालको रमणीय दृश्य खिचिएको बलिउड फिल्म ‘उचाई’ले भारतीय बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ । यो फिल्मलाई राजश्री प्रोडक्शनले पहिलो दिनबाट नै करिब ५ सय हलमा मात्र रिलिज गरेको थियो । पहिलो दिन करिब २ करोडको व्यापार गरेको फिल्मले दोश्रो दिन शनिबार व्यापार बढायो । शनिबार यो फिल्मको व्यापार ३.६४ करोड थियो ।

आइतबार पनि फिल्मको व्यापार करिब ६ करोडको आसपासमा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।भारतीय समीक्षकहरुले यो फिल्मले हलमा फ्यामिली दर्शक फर्काएको उल्लेख गरेका छन् । परिवारसहित हलमा दर्शकहरु पुगेका छन् ।

फिल्मले निरन्तर व्यापारमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्मले चार जना साथीको कथा भन्छ । फिल्ममा नेपालको सगरमाथा आधार शिविरसम्मका दृश्यलाई रोचक तरिकाले खिचिएको छ ।

नेपाली दर्शकले पनि यो फिल्मलाई रुचाएका छन् । यसैले, आइतबार पनि फिल्मको व्यापार सुखद देखिएको छ । नेपाली फिल्मका सफल कलाकारहरु दीपाश्री निरौला, दीपकराज गिरी लगायतले पनि यो फिल्मको खुलेरै प्रशंसा गरेका छन् । फिल्मलाई नेपालमा वितरण गरेका वितरक राजन पुरीले पनि यो फिल्मको व्यापार नेपालमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।