साउथ फिल्म ‘कान्तारा’को कमाई ‘केजीएफ’भन्दा बढी

साउथ फिल्म ‘कान्तारा’को कमाई ‘केजीएफ’भन्दा बढी

ऋषभ शेट्टी निर्देशित, लिखित तथा अभिनीत फिल्म ‘कान्तारा’ले बक्सअफिसमा एकसेएक रेकर्ड बनाइरहेको छ । १४ अक्टोबरमा रिलिज भएको फिल्मले दिपावलीको अवसरमा रिलिज भएको बलिउडको दुई ठूला फिल्म ‘राम सेतु’ र ‘थ्यांक गड’लाई समेत बक्सअफिसमा कडा टक्कर दिन सफल भएको थियो । यो फिल्मले हिन्दी डबमा मात्रै ५० करोडको आँकडा पार गरिसकेको छ ।

भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मको हिन्दी डबले प्रदर्शनको चौंथो हप्ताको आइतवारसम्म ६२ करोड ४० लाख कमाई गरेको छ । चौंथो हप्तामा पनि फिल्मको कमाई कमजोर छैन । यही शुक्रवार प्रदर्शनमा आएको बलिउड फिल्म ‘फोन भूत’लाई समेत ‘कान्तारा’ले कमाईमा उछिनेको छ । फिल्मको हिन्दी डबले ७५ देखि ८० करोडसम्म कमाई गर्न सक्ने देखिन्छ ।

२४ दिनमा ६२ करोड कमाउँदै ‘कान्तारा’ले सबैभन्दा बढी कमाई गर्ने साउथको ‘टप टेन’ फिल्मको हिन्दी डबमा आठौं नम्बरमा आफ्नो स्थान बनाउन सफल भएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, यो फिल्मले कमाईमा हिन्दी डब भर्सनका ‘केजीएफ’ (४४ करोड) र ‘कार्तिके’ (३१ करोड) लाई समेत उछिनेको छ । फिल्म हेर्ने जो कोहीले ‘कान्तारा’लाई ‘मास्टरपिस’ भनेका छन् ।

Europass CV in Nepal

दक्षिण कन्नडको काल्पनिक गाउँमा स्थापित ‘कान्तारा’ एक भिजुअल ट्रीट हो, जसले कम्बाला (भैंसी दौड) र भूत कोला कलाको पारम्परिक संस्कृतिलाई जीवन्त रुपमा देखाएको छ । फिल्मको कथा मान्छे र प्रकृतिको संघर्षमा आधारित छ, जुन कर्नाटकको तटीय संस्कृति र लोककथामा निहीत छ । सपतामी गौडा, किशोर, मानसी सुधीर, अच्युथा कुमारको पनि फिल्ममा अभिनय छ ।

Europass CV in Nepal