मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

वैशाख १ गतेलाई प्रदर्शन हुने फिल्म ‘नाई नभन्नु ल ६’ मा आँचलशर्मा र केकी अधिकारी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । आगामी वैशाख १ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको चलचित्र ‘नाई नभन्नु ल ६’को यतिबेला धमाधम छायांकन भइरहेको छ। विकासराज आचार्यको निर्देशनमा निर्माण भइरहेको चलचित्रमा आँचल शर्मा र नव नायक आशिर्वाद क्षेत्री प्रमुख भुमिकामा रहेका छन् । तर अब भने अर्की लोकप्रिय नायिका केकी अधिकारी पनि चलचित्रमा जोडिएकी छिन् ।

केकीको पनि चलचित्रमा मुख्य भुमिका रहने निर्माण टिमले जनाएको छ। हाल केकीलाई लिएर चलचित्र टिमले झापामा छायांकन गरिरहेको छ। अब दर्शकले चलचित्रमा आँचलसँगै केकीलाई पनि संगै देख्न पाउनेछन्। पर्दामा एकैसाथ देखिसकेका आँचल र केकीलाई ‘झिंगेदाउ’मा दर्शकले निकै रुचाएका थिए। अब ‘नाईं नभन्नु ल ६’मा आँचल र केकीलाई कत्तिको रुचाउँछन् त्यो त प्रदर्शन मिति कुर्नुपर्ने नै हुन्छ।

यता आशिर्वादले यसै चलचित्रबाट डेव्यु गर्दैछन् । उनले पनि यो चलचित्रमा अग्नि परीक्षा दिँदैछन् । चकलेटी लुक्सका आशिर्वादले चलचित्रमा कस्तो काम गरेमा छन् त्यो पनि प्रदर्शन पछि नै थाहा होला।

चलचित्रमा नायिका आँचल शर्मा र नव नायक आशीर्वाद क्षेत्रीको प्रेम अनि रोमान्स रहने बताइएको छ। चलचित्रमा विकाश आचार्यको निर्माण र निर्देशन रहेकोछ। बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई चलचित्रमा समावेश गरिएको बताइएको छ।

चलचित्रको कथा एवम् पटकथा लेखनमा भने निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन् ।चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

निर्माण टिमका अनुसार चलचित्रमा ९ वटा गीत रहनेछन् । गीतमा वसन्त सापकोटा र भुपेन्द्र रायमाझीको संगीत रहनेछ। आँचल, आशिर्वाद र केकीका अलवा चलचित्रमा अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना लगायतको समेत प्रमुख भुमिका रहेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।