बलिउड अभिनेत्री एंन्ड्रिला शर्माको २४ वर्षको कलिलो उमेरमा निधन

बलिउड अभिनेत्री एंन्ड्रिला शर्माको २४ वर्षको कलिलो उमेरमा निधन

बंगाली अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि कोमामा रहेकी अभिनेत्री शर्माको उपचारका क्रममा आइतबार निधन भएको हो।उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनलाई १ नोभेम्बरमा ब्रेन स्ट्रोक भएको थियो। सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो।बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री शर्माले टिभी शो झुमुरबाट अभिनयमा डेब्यु गरेकी थिइन्।

उनको उमेर २४ वर्ष मात्र थियो । यो खबर बाहिर आएपछि चलचित्र क्षेत्रकी अभिनेत्री एन्ड्रिलाका फ्यानहरु पनि स्तब्ध भएका छन् । ब्रेन स्ट्रोकका कारण अभिनेत्रीको टाउकोमा रगत जमेको थियो । त्यसपछि मंगलबार राति उनको शल्यक्रिया गरिएको थियो।  शल्यक्रिया पश्चात उनी कोमाको अवस्थामा भेन्टिलेटरमा थिइन् ।

एंन्ड्रिला शर्मालाई ब्रेन स्ट्रोकका कारण नोभेम्बर १ गते राति अस्पताल भर्ना गरिएको थियो । उनी १९ दिनसम्म जीवन मृत्युको लडाइँ लड्दै थिइन् । भारतीय संचार मध्यमका अनुसार अभिनेत्री एंन्ड्रिलालाई शनिबार साँझ पटक पटक हृदयघात भएको थियो  जसका कारण उनको अवस्था झन् नाजुक बन्दै गएको थियो । आइतबार दिउँसो १ बजे नायिकाले अन्तिम सास लिएकी हुन् ।

Europass CV in Nepal

एण्ड्रिला शर्माले यति सानै उमेरमा दुई पटक क्यान्सरजस्तो घातक रोगको सामना गरिन् तर उनले हार मानिनन् र क्यान्सरसँगको लडाइँ जितिन् । एन्ड्रिया शर्मालाई दोस्रो पटक क्यान्सर भएको पत्ता लाग्दा उनको महत्वपूर्ण शल्यक्रिया गरिएको थियो । त्यतिबेला उनको केमोथेरापी सेसन भयो, त्यसपछि मात्र डाक्टरहरुले उनलाई पूर्ण रुपमा ठिक भएको बताए ।

एन्ड्रिला शर्माको अभिनय करियरको कुरा गर्दा उनले टिभीदेखि ओटीटीसम्म काम गरेर आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् । एन्ड्रिला शर्माले आफ्नो करियर सानो पर्दाबाट सुरु गरेकी थिइन् । उनी पहिलो पटक टिभी शो झूमरमा देखा परिन् र त्यसपछि उनले धेरै लोकप्रिय शोहरूमा पनि मुख्य भूमिका खेलेकी थिइन्।

Europass CV in Nepal