मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

यस्तो बन्यो पल शाह र नाजिर हुसेनको फिल्म ‘वीर विक्रम २’ को हिन्दी ट्रेलर

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ। एकपछि अर्को गर्दै नेपाली फिल्महरु हिन्दी फिल्ममा डब हुने क्रम बढ्न थालेको छ। नेपाली फिल्म प्रेम गीतले हिन्दी भाषामा राम्रै आम्दानी गरेपछि अन्य नेपाली फिल्महरु पनि हिन्दीमा राम्रै व्यापार गर्ने देखिन्छ।

कोरोना महामारीभन्दा अगाडि मिलन चाम्सले भारतका हल र डिजिटल प्लेटफर्ममा रिलिज गर्ने योजनासहित आफू निर्देशित तथा निर्मित फिल्म ‘वीर विक्रम २’लाई हिन्दी भाषामा डबिङ गरेका थिए । तर, महामारीका कारण फिल्म रिलिज अन्योल बन्यो । अब यो फिल्म नेपालकै युट्युबमा रिलिज हुने भएको छ । फिल्म रिलिजभन्दा अगाडि सोमवार हिन्दी ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्मको नेपालीभन्दा हिन्दी ट्रेलर फरक बनाइएको छैन । हिन्दी डब त्यत्ति सशक्त पनि देखिन्न, जति ‘प्रेमगीत ३’ थियो । यद्यपि, हिन्दी ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता जगाउन भने सक्छ । मिलन चाम्सका अनुसार, डिसेम्बर १ (मंसिर १५) मा ओएसआर इन्टरनेशनलको युट्युब च्यानलमा फिल्मको हिन्दी डब रिलिज हुनेछ । यो फिल्मको नेपाली भर्सन भने यूट्युबमा आइसकेको छ ।

फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतको अभिनय छ । सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको कार्यकारी निर्मातामा अर्पण सापकोटा र सह-निर्मातामा रञ्जिता सिवाकोटी छन् । दुई साथीको मित्रतामा आउने उतार-चढावमा फिल्म आधारित छ ।

‘वीर विक्रम २’ २०७६ सालको जेठ ३ गते नेपालका हलमा प्रदर्शन भएको थियो । यसको अघिल्लो श्रृंखला बक्सअफिसमा सफल भएकाले निर्देशक चाम्सले दोस्रो श्रृंखला निर्माण गरेका थिए । तर, कमजोर कथावस्तु र प्रस्तुतिकरणका कारण पहिलो पार्ट जस्तो न सफल हुन सक्यो न दर्शकले रुचाए । लकडाउनको समयमा चाम्सले ‘वीर विक्रम ३’को तयारी गरिरहेको चर्चा चलेको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।