सेलिब्रिटी कोमल ओली र हिमेश पन्तले हारे चुनाव, रेखा थापा हार्न बाँकी

सेलिब्रिटी कोमल ओली र हिमेश पन्तले हारे चुनाव, रेखा थापा हार्न बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिव्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् ।एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए ।

धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि पराजित भए । उनले १२ हजार ४७५ मत ल्याए । यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी रहे ।

मोरङ-३ मा जारी मतगणनामा (बिहान ११ः३० सम्म) अभिनेत्री तथा राप्रपा उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । रेखाले ९ हजार ९३९ मत ल्याउँदा कांग्रेसका सुनिलकुमार शर्मा ४३ हजार १६५ मत ल्याउँदै अग्रता लिइरहेका छन् ।

Europass CV in Nepal

प्रत्यक्षतर्फ, काठमाडौं-६ मा स्वतन्त्र उम्मेदवारी दिएका गायक संजय श्रेष्ठ र कलाकार सिते बा पराजित भैसकेका छन् । प्रदेशतर्फ कांग्रेसबाट फिल्म निर्माताद्धय रोज राणा र मधुकुमार श्रेष्ठ तथा एमालेबाट बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । ‘२ नम्बरी’ फेम्ड फिल्म निर्माता तथा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजिव गुरुङ मनाङबाट प्रदेश सदस्यमा निर्विरोध भैसकेका छन् ।

Europass CV in Nepal