अजय देवगनको ‘दृश्यम २’ सय करोड कमायो

अजय देवगनको  ‘दृश्यम २’ सय करोड कमायो

बलिउड अभिनेता अजय देवगन स्टारर सस्पेन्स-ड्रामा फिल्म ‘दृश्यम २’ले भारतीय बक्सअफिसमा आँधी ल्याएको छ । १५ करोड ३८ लाखको सानदार ओपनिङ गरेको फिल्मले दोस्रो दिन २१ करोड ५६ लाख कमाई गरेको थियो । तेस्रो दिन फिल्मको कमाईमा थप उछाल आयो । तेस्रो दिन २७ करोड १७ लाख कमाएको फिल्मले सोमवार बिना विदामा पनि ११ करोड ८७ लाख छापेको छ ।

चार दिनमा नै फिल्मले ७६ करोड १ लाख कमाएको छ । फिल्मको कमाईलाई ट्रेड एनालिस्ट तरण आदर्शले ‘विजयी दौड’ भनेका छन् । बलियो ‘वर्ड अफ माउथ’ मिलेको फिल्मले पहिलो हप्तामै सय करोडको आँकडा पार गर्ने देखिन्छ । दोस्रो हप्तामा भने यो फिल्मलाई वरुण धवन अभिनीत ‘भेडिया’ले टक्कर दिँदैछ । यो भिडन्तमा कुन फिल्म कसमाथि भारी पर्छ, त्यो हेर्न रोचक हुनेछ ।

फिल्ममा अजय देवगनसँगै तब्बू, श्रिया सरन, अक्षय खन्ना, इशिता दत्ता, मृणाल जाधवलगायतको पनि अभिनय छ । आईजी मीरा (तब्बु) को छोराको हत्याको रहस्य पत्ता लगाउन प्रहरी (अक्षय खन्ना) ले मीरासँग मिलेर चालेको चाल र विजय सलगांवकर (अजय देवगन) ले छोरी र परिवारलाई बचाउन गरेको चलाखीपूर्ण संघर्षमा फिल्म आधारित छ । फिल्मको क्लाइमेक्स अकल्पनीय छ ।

Europass CV in Nepal

अभिषेक पाठकद्वारा निर्देशित ‘दृश्यम २’ मलयालम सुपरस्टार मोहनलाल अभिनीत ‘दृश्यम’को हिन्दी रिमेक हो । मलयालममा यो फिल्मको दुवै श्रृंखला हिट छ । हिन्दी भर्सनमा पनि यसको पहिलो श्रृंखला सफल भएको थियो । पहिलो श्रृंखला जहाँ अन्त्य भएको थियो, त्यहीँबाट ७ वर्षपछिको कथालाई फिल्ममा देखाइएको छ । तर, हरेक पक्षमा अब्बल ‘दृश्यम’ जति ‘दृश्यम २’ सशक्त छैन ।

Europass CV in Nepal