मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

सलोनको बिहेमा देखिएको अनमोल र सलिनमानको मित्रता

Himali Patrika 1 मिनेट पढाइ

४ बर्ष अगाडि नायक अनमोल केसीले अभिनय गरेको फिल्म ‘ए मेरो हजुर ३’ र नायक सलिनमान बनियाँले अभिनय गरेको फिल्म ‘यात्रा’ बक्स अफिसमा जुधेका थिए । सो समयमा बक्स अफिसमा एक अर्काको प्रतिस्पर्धी बनेपनि नायक अनमोल केसी र सलिनमान बनियाँविच व्यक्तिगत दुश्मनी भने खासै थिएन ।

तर, यी दुइबिच त्यस्तो निकटता पनि देखिएको थिएन । तर, सोमबार आयोजना भएको नायक सलोन बस्नेतको बैबाहिक समारोहमा भने अनमोल र सलिनमानबिच घनिष्ट दोस्ती देखियो । सलिनमान सलोनसँग नजिक भएकाले पनि उनी मेहेन्दी सेरेमोनीबाट नै बैबाहिक समारोहमा सहभागी थिए । अनमोल केसी भने आज मात्र बिहेमा सहभागी हुन चन्द्रागिरी पुगे ।

चन्द्रागिरीमा पुगेका अनमोल र सलिन लामो समयसम्म गफिए । अनमोल र सलिन बैबाहिक समारोहमा लामो समय एकसाथ बसेका थिए । बैबाहिक समारोहमा सलिन दिनभर नै थिए भने अनमोल करिब २ घन्टा मात्र बसे ।

उनीहरु खाना खाने समयमा पनि एकसाथ थिए । अनमोल र सलिनले करिअर र व्यक्तिगत कुराकानी गरेका थिए । नेपाली फिल्म क्षेत्रमा अनमोल केसी अहिलेका सर्वाधिक चलेका नायक हुन् । सलिनमानले भने २ वटा फिल्म खेलेर फिल्म क्षेत्रप्रति खासै मन बनाएका छैनन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।