मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

बलिउड अभिनेत्री कृति सेनन प्रेममा प्रभास

Himali Patrika 1 मिनेट पढाइ

दक्षिण भारतीय अभिनेता प्रभास र बलिउड अभिनेत्री कृति सेनन प्रेम सम्बन्धमा रहेको चर्चा छ।केही दिनदेखि लगातार उनीहरूको प्रेम सम्बन्धलाई लिएर खबर आइरहेको छ।भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्म ‘आदिपुरुष’ को सेटमा प्रभासले घुँडा टेकेर कृतिलाई प्रेम प्रस्ताव राखेका थिए। कृतिले उनको प्रस्ताव स्वीकार गरेको बताइएको छ।

उनीहरूको प्रेम सम्बन्धबारे वरुणले ‘झलक दिखला जा’को फाइनलमा उपस्थित हुँदा खुलासा गरेका हुन्। शोमा वरुण र कृति ‘भेडिया’ को प्रमोशनका लागि पुगेका थिए।उक्त शोमा वरुणले भने, ‘कृतिको दिलमा जो मान्छे छ, उनी यतिबेला मुम्बईमा छैन। उनी दीपिका पादुकोणसँग फिल्मको छायांकनमा व्यस्त छन्।’

वरुणले प्रभासको नाम नलिए पनि उनले दिएको इसाराअनुसार प्रभासको कुरा गरिरहेका छन् भन्ने प्रस्ट हुन्छ। किनकी यतिबेला प्रभास दीपिकासँग फिल्म ‘प्रोजेक्ट के’ को छायांकनमा व्यस्त छन्।

वरुणको यस बयानपछि प्रभास र कृति इन्गेजमेन्टको तयारीमा रहेको खबर बाहिरिएको छ।यसैबीच अभिनेत्री कृतिले उक्त खबर झुटो रहेको बताएकी छन्।

उनले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘यो न माया हो न पिआर। हाम्रो भेडिया रियालिटी शोमा केही ज्यादा जंगली भयो। उसको मजाक मस्ती ठूलो अफवाह बन्यो। केही सञ्चारमाध्यमले मेरो विवाहको मिति घोषणा गर्नुअघि म तपाईंहरूलाई यस सपनाबाट बाहिर ल्याउन सहयोग गर्नेछु। यो सबै अफवाह हो।’ ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ मा प्रभास र कृतिसँगै सैफ अलि खानको पनि मुख्य भूमिका छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।