जब आदित्य नारायणले नेपाली झन्डा छुन समेत मानेनन् (भिडियो)

जब आदित्य नारायणले नेपाली झन्डा छुन समेत मानेनन् (भिडियो)

शुक्रबार नेपाल आइपुगेका बलिउड गायक आदित्य नारायण झाले नेपाली झन्डा लिन नमानेको बिषयले सामाजिक संजाल र केही मिडियालाई तताएको छ । आज बेलुकी काठमाडौंको ठमेलमा रहेको फरेनहाइट क्लबमा आदित्यले आफ्नो प्रस्तुति दिदैछन् । सोही प्रस्तुतिका लागि उनी शुक्रबार बेलुकी नेपाल आइपुगेका थिए ।

विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही फ्यानहरुले नेपाली राष्ट्रिय झन्डा दिएका थिए । तर, आदित्यले झन्डा लिन मानेनन् । उनी ‘थ्यांक यू’ भन्दै गाडी भित्र बसेका थिए ।

आदित्यले नेपाली झन्डा लिन नमानेपछि सामाजिक संजालमा विभिन्न खालका बहस भैरहेको छ । उनका पिता उदितनारायण झा नेपाली हुन् । तर, भारत गएपछि उदितले पनि नेपाली नागरिकता त्यागेको चर्चा छ । आदित्यले आफूलाई नेपाल मनपर्ने देश भएको बताए । तर, उनले नेपाली झन्डा बोक्न किन अस्विकार गरेका होलान्, त्यो उनले नै जान्ने कुरा भयो ।

Europass CV in Nepal

Europass CV in Nepal