मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

५७ बर्षे शाहरुख खानमा युवाको जोश : भन्छन्, अबको दशवर्ष ‘मिसन इम्पोसिबल’जस्ता एक्सन फिल्ममा काम गर्छु

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा आफ्नो उमेर ५७ भैसकेकाले आगामी १० वर्षसम्म एक्सन फिल्म मात्रै गर्न चाहेको बताएका छन् ।साथै उनले हलिउडको चर्चित एक्सन फिल्म ‘मिसन इम्पोसिबल’जस्तो प्रोजेक्ट गर्न चाहेको समेत इच्छा व्यक्त गरे । ‘पठान’सम्म एक्सन फिल्मबारे विचार नगरेको तर अहिले आफ्नो ध्यान एक्सन फिल्ममा रहेको उनको भनाई छ ।

सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘मैले अहिलेसम्म कुनै पनि एक्सन फिल्म गरेको छैन । बरु प्रेमकथा जस्ता फिल्म गरेको छु । सामाजिक ड्रामासहितका फिल्म पनि गरेको छु , यसबाहेक केही भिलेन फिल्म पनि गरेको छु । अहिलेसम्म एक्सन फिल्मका लागि मलाई कसैले लिएको पनि थिएन ।’

उनी अघि भन्छन्, ‘म अहिले ५७ वर्षको भएँ त्यसैले अबका केही वर्ष म एक्सन फिल्महरू गर्न चाहन्छु, मिसन इम्पोसिबल जस्ता ओभर-द-टप प्रकारका एक्सन फिल्महरू गर्न चाहन्छु भन्ने सोचेको छु ।’

शाहरुखलाई ‘किङ अफ रोमान्स’ भनेर चिनिन्छ । उनले आफ्नो सम्पूर्ण करियरमा डीडीएलजे, कुछ कुछ होता है, मोहब्बतें र जब तक है जान जस्ता प्रतिष्ठित फिल्मसहित धेरै रोमान्टिक फिल्ममा काम गरे ।

यसबाहेक उनले ग्रे-सेडका केही फिल्म पनि गरेका छन् जसमा पनि ‘डर’ र ‘अन्जाम’जस्ता फिल्म छन् । शाहरुखले आफ्नो करियरमा ‘डन’ र ‘रईस’ जस्ता ‘क्राइम थ्रिलर’ फिल्म पनि गरेका छन् तर अब उनी पठानसँग फिल्म गर्न पुरै खटिएर लागेका छन् ।

शाहरुख अभिनित प्रतिक्षित फिल्म ‘पठान’ आगामी २५ जनवरी २०२३ मा रिलिज हुँदैछ । फिल्ममा शाहरुखसहित जोन अब्राहम र दीपिका पादुकोण पनि देखिनेछन् । रिपोर्टका अनुसार फिल्ममा जोन अब्राहम खलनायकको भूमिकामा देखिनेछन् ।

फिल्मलाई निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् जसले ‘वार’ र ‘ब्याङ ब्याङ’ जस्ता फिल्म बनाएका हुन् । हालै फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ जसमा शाहरुख हातमा बन्दुक लिएर देखिएका छन् ।

शाहरुखले भर्खरै साउदी अरेबियामा आफ्नो फिल्म ‘डन्की’को छायांकन सकेर मक्कामा आराधना गरेका छन् । यस क्रममा उनी सेतो पारम्परिक पोशाकमा देखिएका थिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।