भ्वाइस अफ नेपालको प्रविशाबाट बाहिरिइन् वर्षा इटानी

भ्वाइस अफ नेपालको प्रविशाबाट बाहिरिइन् वर्षा इटानी

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ४ मा अहिले लाइभ शो राउण्ड प्रसारण भइरहेको छ । अन्तिम १० प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबार र शनिबारको एपिसोडबाट दुई जना प्रतियोगी बाहिरिएका छन् ।

शनिबार टिम प्रविशाबाट वर्षा इटानी बाहिरिइन् भने शुक्रबार टिम राजेशका भूपेन्द्र रणपाल बाहिरिए । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी बाहिरिएको जनाइएको छ ।

दुवै प्रतिस्पर्धी बाहिरिंदा द भ्वाइसको स्टेजको माहोल भावुक बनेको थियो । प्रतियोगी र कोच दुवैले आँसु बगाए । टिम राजु र टिम प्रमोदका प्रतिस्पर्धी ‘बटम थ्री’मा परे पनि उनीहरु सुरक्षित भए ।

Europass CV in Nepal

शुक्रबार र शनिबारको प्रस्तुतिको अन्तिम समयसम्म दर्शकले भोट गर्न पाउने सुविधा छ । आगामी शुक्रबार र शनिबार कम मत ल्याउने दुई जना प्रतिस्पर्धी बाहिरिनेछन् । द भ्वाइस अफ नेपाल प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ ।

 

Europass CV in Nepal