मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

कलाकार रामचन्द्र अधिकारीलाई यस वर्षको भैरव प्रतिभा पुरस्कार

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । कलाकार रामचन्द्र अधिकारीलाई यस वर्षको भैरव प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । भैरव पुरस्कार गुठीले यस वर्षको पुरस्कार प्रदान गरिने स्रष्टाहरुको नाम सार्वजनिक गर्दै अधिकारीलाई ५१ हजार १०० रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार प्रदान गर्ने जनाएको हो ।

यस्तै यस वर्षको भैरव पुरस्कार विद्यादेव लुइँटेल गुठी र भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशी जनही १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ ।

गुठीले पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम छनोट गर्न साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को संयोजजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । आगामी पुस ९ गते भैरव स्मृति भवनमा समारोहको आयोजना गरी पुरस्कार वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।