छ पटक मुम्बई पुगे, तर ‘एनिमल’मा काम गर्न पाएनन् विपिन कार्की

छ पटक मुम्बई  पुगे, तर ‘एनिमल’मा काम गर्न पाएनन् विपिन कार्की

नायक विपिनले कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने पक्का भएपछि खुबै चर्चा भयो । फिल्मको छायांकनका लागि केही समय अगाडि विपिन मुम्बई पुगेका थिए । तर, उनी रित्तो हात नै नेपाल फर्किएका छन् । यो फिल्मको छायांकनका लागि विपिन मुम्बई पुगेपनि उनको सेड्यूल नै आउन सकेन । विपिनले फिल्म त छाडेका छैनन्, तर अब काम नगर्ने मुड बनाएका छन् ।

सन्दीप रेड्डीको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन मुम्बइमा चलिरहेको छ । फिल्ममा रणवीर कपुर मुख्य भूमिकामा छन् । यो फिल्मका लागि भन्दै नेपाली फिल्मको सेड्यूल पछि सार्दै विपिन ६ पटक मुम्बई जाउआउ गरे । तर, फिल्मका लागि उनको सेड्यूल नै आएन । विपिन अब भने नेपाली फिल्ममै केन्द्रित हुने सोचमा छन् ।

उनले, बलिउड फिल्म छाडेको नबताएपनि छाड्न पनि सक्नेतर्फ संकेत गरेका छन् । नेपाली फिल्म छाडी छाडी मुम्बई पुगेका विपिनलाई कतै माया नगरीबाट धोका त भएको होइन ?

Europass CV in Nepal

 

Europass CV in Nepal