मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

भारतमा प्रदर्शन हुनबाट रोकियो पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी । केही दिन अघि पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’ भारतमा पनि प्रदर्शन हुने खबर आएको थियो ।राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का नेता अमेय खोपकरले फिल्मलाई कुनै पनि हालतमा भारतमा प्रदर्शन हुन नदिने बताएका छन् ।

यस बाहेक उनले फिल्म वा फिल्मका मुख्य अभिनेता फवाद खानप्रति सहानुभूति राख्नेले पाकिस्तान गएर फिल्म हेर्न सक्ने बताएका छन् । यो पाकिस्तानको अहिलेसम्मकै सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ ।

नेता खोपकरले लेखेका छन्, ‘पाकिस्तानी अभिनेता फवाद खानको फिल्म ‘द लिजेण्ड अफ मौला जट’ भारतमा प्रदर्शन गर्ने योजना छ । एउटा भारतीय कम्पनीले यो फिल्मलाई देशमा प्रदर्शन गर्ने योजना बनाएको कुरा निकै अचम्मको कुरा हो । राज साहबको आदेशपछि यो फिल्म देशको कुनै पनि भागमा प्रदर्शन हुन दिँदैनौं ।’

महाराष्ट्र नवनिर्माण सेनाका नेताहरूले फिल्मप्रति देखाएको दृष्टिकोणलाई हेर्दा यो फिल्म भारतमा प्रदर्शन हुन निकै कठिन छ भन्ने अनुमान भारतीय सञ्चार माध्यमले लगाएको छ । फिल्म डिसेम्बर २३ मा भारतमा प्रदर्शन हुने खबर आएपनि आधिकारिक घोषणा भने भएको छैन । सन् २०१९ देखि भारत र पाकिस्तानबीच सांस्कृतिक प्रतिबन्ध छ । भारतीय फिल्म न त पाकिस्तानमा प्रदर्शन हुन्छ न त पाकिस्तानी फिल्म भारतमा प्रदर्शन हुने गर्दछ ।

‘द लिजेण्ड अफ मौला जट’ ले विश्वभर १० मिलियन डलर अर्थात् २२० करोडभन्दा बढी कमाइसकेको छ । जसमा पाकिस्तानी रुपैयाँबाट ८७.५० करोड रुपैया घरेलु बक्स अफिसबाट र १३२.५० करोड रुपैयाँ कमाएको छ । यो फिल्म पाकिस्तानी फिल्म इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म हो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।