मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

बोल्ड अवतारमा साम्राज्ञी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । साम्राज्ञी शाह अभिनित तीन फिल्म रिलिजको तयारीमा छन् । डेढ महिनाको अन्तरमा यी फिल्म रिलिज हुँदैछन् ।पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने उनको मौका हुनेछ ।

यसैबीच, ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार भएको आइटम ट्रयाक सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन् । तन्नेरी पुस्तामाझ चर्चित २७ वर्षीया यी अभिनेत्रीको उक्त तस्वीर हट र स्मोकी महसुस हुन्छ ।

‘ड्रिम्स’ डेब्यु अभिनेत्री साम्राज्ञीको अभिनय करिअर समग्रमा सन्तोषजनक देखिन्छ । फिल्मसहित निजी जीवनले पनि चर्चामा आउने यतिबेला सिंगल छिन् । तीन वर्षपछि हलमा फर्किन पाउँदा आफूलाई रमाइलो अनुभूति भइरहेको उनले बताएकी थिइन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।