मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

मुम्बइले नेपाली कलाकारलाई खासै मतलब नै गर्दैन

Himali Patrika 1 मिनेट पढाइ

मुम्बईबाट रित्तो हात फर्किएपछि नायक विपिन कार्की ट्रेकिङतर्फ लागेका छन् । फिल्म ‘प्रसाद २’को छायांकन सुरु हुनु अगाडि उनले दिमाग फ्रेस बनाउन चाहेको देखिन्छ । विपिनको दिमाग केही दिनयता फ्रेस नहुनुको कारण, बलिउड फिल्म ‘एनीमल’ हो । यो फिल्मका लागि उनी ६ पटकसम्म मुम्बई आउजाउ गरे । तर, मुम्बइले उनलाई खासै मतलब नै गरेन ।

नायक विपिनले कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने पक्का भएपछि खुबै चर्चा भयो । फिल्मको छायांकनका लागि केही समय अगाडि विपिन मुम्बई पुगेका थिए । तर, उनी रित्तो हात नै नेपाल फर्किएका छन् । यो फिल्मको छायांकनका लागि विपिन मुम्बई पुगेपनि उनको सेड्यूल नै आउन सकेन । विपिनले फिल्म त छाडेका छैनन्, तर अब काम नगर्ने मुड बनाएका छन् ।

सन्दीप रेड्डीको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन मुम्बइमा चलिरहेको छ । फिल्ममा रणवीर कपुर मुख्य भूमिकामा छन् । यो फिल्मका लागि भन्दै नेपाली फिल्मको सेड्यूल पछि सार्दै विपिन ६ पटक मुम्बई जाउआउ गरे । तर, फिल्मका लागि उनको सेड्यूल नै आएन । विपिन अब भने नेपाली फिल्ममै केन्द्रित हुने सोचमा छन् ।

कुनै समय नेपाली चेली नायिका मनिषा कोइरालाले बलिउडमा ठूलो नाम बनाएकी थिइन् । तर, त्यसपछि कैयौं कलाकारले बलिउडतर्फ पाइला चालेपनि लामो रेशको घोडा बन्न भने सकेनन् ।

नेपाली फिल्ममा उम्दा अभिनय गर्ने विपिनलाई बलिउडमा पनि नाम चम्काउने सोच थियो । अझ, फिल्म ‘एनिमल’मा काम गर्ने पक्का भएपछि विपिनको नेपाली मेकरहरुसँग सम्बन्ध बिग्रदै पनि गएको थियो ।

तर, ‘एनिमल’बाट धक्का खाएपछि विपिनले मुम्बई सहज नभएको वुझेका छन् । उनले, नेपाली कलाकारलाई बलिउडले नायकको पछाडि नृत्य गर्ने कोरसहरुको भन्दा पनि कम महत्व दिने गरेको बताउन थालेका छन् ।

विपिनको नेपाली फिल्ममै गज्जबको क्रेज छ । उनीमाथि करोडौं लगानी गर्न निर्माता लालयित छन् । पछिल्लो फिल्म ‘के घर के डेरा’ हिट भएपछि त विपिन अझै चम्किएका छन् । यस्तो अवस्थामा आफूले काम गर्न तयार भएका पाइपलाइनका फिल्मलाई नै सक्ने योजना विपिनको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।